ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यस्थलमा सृजनशीलता बढाउन ‘पावरन्याप’ !

Mar 30, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयमा कामबाट ‘ब्रेक’ लिएर केही मानिस एकछिन सुस्ताउँछन् भने कोही चाहिँ क्याबिनमा नै मस्त निदाउँछन् । कार्यालयमा कहिलेकाहीँ हामी आफैं वा हाम्रै सहकर्मीहरु निदाएको हामीले देखेका छौं । यसरी मस्त निदाउने मानिसलाई हामी के भन्छौं ? त्यस्ता मानिसलाई हामी कामचोर वा यस्तै नकारात्मक नजरले हेर्छौं । तर, हालै भएको एक अध्ययनले भने मध्याह्नमा २० मिनेटको ‘पावरन्याप’ लिने गरेमा यसले कर्मचारीको सृजनशीलता र समस्या समाधान गर्ने क्षमता बढ्ने देखाएको छ ।

यस्तो पावरन्यापले मधुमेह, मुटुको समस्या र डिप्रेशनको जोखीमसमेत घटाउने बेलायतस्थित युनिभर्सिटी अफ लिड्सका अनुसन्धाताहरुले बताएका छन् । पर्याप्त मात्रामा निद्रा नपुगे यस्ता स्वास्थ्य समस्या उत्पन्न हुने भएकाले पावरन्यापले यसलाई कम गर्न मद्दत गर्ने उनीहरु बताउँछन् । ‘थोरै सुत्ने मानिसको निद्रा १ घण्टा मात्रै कम भयो भने यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ,’ अध्ययन प्रतिवेदनका मुख्य लेखिका नेरिना रामलखनले भनेकी छन् ।

‘यदि तपाईं ५ घण्टाभन्दा कम निदाउने २५ प्रतिशत मानिसमध्ये एक हुनुहुन्छ भने निदाउने समयमा हुने यो परिवर्तन निकै घातक हुन सक्छ,’ उनी भन्छिन् । त्यसैले हाकीमहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा नै पावरन्याप लिने अनुमति दिनुपर्ने तर्क अनुसन्धाताहरुले दिएका छन् । यसले कर्मचारीको प्रदर्शनमा निकै ठूलो भिन्नता ल्याउने उनीहरु बताउँछन् ।

दिउँसो विशेषगरी २ बजेदेखि ४ बजेसम्म २० मिनेटको मस्त निद्राले ठूलो फरक पार्ने अध्ययनले देखाएको छ । यसअघि पनि पावरन्यापले मानिसको सृजनशीलता र समस्या समाधान गर्ने क्षमता बढाउने र मानिसको प्रतिरक्षा प्रणालीलाई समेत सन्तुलनमा राख्ने गरेको प्रमाणित भइसकेको छ । ‘कर्मचारीलाई दिउँसै अफिसमा सुत्न दिनु अस्वाभाविक लाग्न सक्छ तर मानिसले राति निद्रा गुमाउँदै गएको तथ्यलाई पनि विचार गर्नुपर्दछ,’ प्रतिवेदनमा रामलखनले भनेकी छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)