ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाउरोटीले विश्वव्यापी तापमान वृद्धि !

Mar 31, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीले हरेक दिन खाइरहने पाउरोटीले विश्वको तापमान वृद्धि गर्ने एक नयाँ अध्ययनले देखाएको छ । हालै विज्ञान पत्रिका नेचर प्लाण्ट्समा प्रकाशित एक अनुसन्धानमूलक आलेखमा यस्तो बताइएको हो । खनिज इन्धनको प्रयोग, खाद्यान्न उत्पादन र उपभोगलगायत मानवीय गतिविधिले उल्लेख्य रुपमा जलवायु परिवर्तन गरिरहेको त हामीले सुन्दै र पढ्दै आएका छौं । तर, हालै युनिभर्सिटी अफ शेफिल्डका अनुसन्धाताहरुले भने पाउरोटीले वातावरणमा ठ्याक्कै पार्ने प्रभावको हिसाब नै गरेका छन् । यस क्रममा उनीहरुले पाउरोटी उत्पादनका क्रममा हुने हरित गृह ग्यास उत्सर्जनको वर्गीकरण गरेका थिए ।

गहुँ खेतीका क्रममा प्रयोग हुने अमोनियम नाइट्रेट कीटनाशक विश्वव्यापी तापमान बढाउने मुख्य तङ्खव भएको अध्ययनका क्रममा पाइएको छ ।

यसरी उत्सर्जन हुने नाइट्रस अक्साइड कार्बनडाई अक्साइडभन्दा ३ सय गुणा खराब हुने अनुसन्धाताहरुले बताए । विश्वभर कृषिक्षेत्रमा ६० प्रतिशत अन्न १० करोड टनभन्दा बढी कीटनाशक औषधि प्रयोग गरेर उब्जाइने गरेको अध्ययनको अनुमान छ । पाउरोटीले विश्वव्यापी तापमान वृद्धि गर्ने निष्कर्षमा पुग्न अनुसन्धाताहरुले पाउरोटी निर्माणको सम्पूर्ण चक्रको विश्लेषण गरेका थिए । यस क्रममा तिनीहरुले गहुँ खेती, पिठो उत्पादन, पाउरोटी सेकाइने र प्याकिङ गरिनेसम्मका सबै प्रक्रियाको विश्लेषण गरेका थिए ।

१ दशमलव ८ पाउण्ड तौल भएको पाउरोटी उत्पादन गर्दा १ दशमलव शून्य २ पाउण्ड कार्बनडाई अक्साइड उत्सर्जन हुने बताइएको छ ।

पाउरोटी सेकाउँदा शून्य दशमलव ४ पाउण्ड, गहुँको पिठो पिन्दा शून्य दशमलव शून्य ६ पाउण्ड र गहुँ खेतीमा प्रयोग गरिने कीटनाशक औषधिबाट शून्य दशमलव ५६ पाउण्ड कार्बनडाई अक्साइड उत्सर्जन हुने अनुसन्धाताहरुले बताए । कीटनाशक औषधिको प्रयोग कम गर्दा उत्सर्जन केही कम भए पनि यसले गहुँको उत्पादन घटाउने र विश्वमा गरीबी र कुपोषण बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)