ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेष्टुराँमा खेर गएको तेलबाट जेट फ्यूल !

Apr 3, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

चैत २१, काठमाडौं । होटल तथा रेष्टुराँमा खेर फालिएका खानेकुरालाई के गरिन्छ ? अफ्रिकालगायतका भोकमरीग्रस्त देशहरुमा यस्ता खानेकुराहरु जम्मा पारेर गरीबहरुमाझ बाँड्ने गरिएको छ । केही देशमा भने यस्ता जुठा खानेकुराहरु बटुलेर मल र ग्यास बनाउने काममा समेत प्रयोग भएको पाइएको छ ।

तर, होटल तथा रेष्टुराँमा खेर गएका तेललाई के गरिन्छ ? चीनले भने होटल तथा रेष्टुराँमा खेर गएको तेलबाट बृहत् स्तरमा जेट फ्यूल उत्पादन गर्ने तयारी गरिरहेको छ । राज्यनियन्त्रित तेल प्रशोधन कम्पनी सिनोपेकको सहायक कम्पनीले आगामी वर्षदेखि यस्तो गर्न लागेको हो । यसका लागि चच्याङ प्रान्तको निङपोमा उत्पादन केन्द्रको समेत निर्माण भइरहेको बताइएको छ । 

सो केन्द्रले रेष्टुराँबाट सङ्कलन गरिएका १ लाख टनबराबरको फोहोर तेलबाट वार्षिक ३० हजार टन जेट फ्यूल उत्पादन गर्ने बताइएको छ । यो इन्धन लामो दूरीको अन्तरराष्ट्रिय उडान गर्दै आएको विमान कम्पनीहरुलाई बेचिने योजना कम्पनीले बनाएको छ । सिनोपेकले सन् २०११ मा यस परियोजनाको थालनी गरेको थियो । अमेरिकी विमान निर्माता कम्पनी बोइङका अनुसार सन् २०११ यता १ हजार ५ सयभन्दा बढी व्यावसायिक उडानमा बायोफ्यूलको प्रयोग गरिएको भए पनि यो प्रदर्शनका लागि मात्रै भएको हो ।

भान्साबाट निस्किने फोहोर तेलबाट बायोफ्यूल निकालिनु चुनौतीपूर्ण कार्य भएको शानतोङ प्रान्तस्थित चाइनिज एकेडेमी अफ साइन्सेजको छिङताउ इन्ष्टिच्युट अफ बायोइनर्जी एण्ड बायोप्रोसेस टेक्नोलोजीका बायोफ्यूल अनुसन्धाता लि स्वेपिङले बताएका छन् । एजेन्सी

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)