ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम सकिनासाथ अफिस छोड्नेलाई बोनस !

Apr 18, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आफ्नो काम सकिएपछि हामीहरुमध्ये कति जना अफिसमा बसिरहन्छौं ? अफिसको काम कहिले सकिएला र घर जान पाइएला भन्ने धारणा अधिकांश नेपालीमा पाइन्छ । तर, जापानमा भने काम सकिएपछि समेत कर्मचारीहरु अफिस छाड्न मान्दैनन् । जापानीहरु विश्वमै सबैभन्दा धेरै परिश्रमीमध्ये एक भनेर चिनिन्छन् । यिनीहरु दैनिक १२ घण्टादेखि १४ घण्टासम्म अफिसमै बसेर काम गर्दछन् । उनीहरु काम सकिएपछि पनि कयौं घण्टासम्म अफिसमै बसेर काम गरिरहन्छन् । कोही पनि चाँडै जाँदैनन् । धेरै काम गर्ने बानी कम गर्न र कामबाट हुने तनाव घटाउन देशभर नै विभिन्न प्रयास गरिएका छन् ।

यस्तैमा फेब्रुअरीमा सरकारले महीनाको अन्तिम शुक्रवार दिउँसो ३ बजे नै कार्यालय छोडेर जान सक्ने व्यवस्था गर्‍यो । यस व्यवस्थालाई त्यहाँका केही कम्पनीहरुले पनि अपनाए । त्यसमध्येको एक थियो– पब्लिक रिलेशन कम्पनी सन्नी साइड अप । यसले प्रिमियम फ्राइडेका दिन कर्मचारीहरुले काम सकिनासाथ कार्यालय छोडेर जान सक्ने योजनाको घोषणा गर्‍यो । यो त राम्रै कुरा हो नि ! यसमा के समस्या भयो र ! होइन ? तर अँह होइन । त्यहाँका कर्मचारीहरुले छिट्टै कार्यालय छोडेर जानै मानेनन् ।

कम्पनीले चाँडै कार्यालयबाट निस्किन सक्छौ भनेर घोषणै गर्दासमेत सबै कर्मचारी आफ्नो डेस्कमै बस्न चाहे । यस्तो भएपछि कम्पनीले प्रिमियम फ्राइडेका दिन चाँडै कार्यालय छोड्ने जुनसुकै कर्मचारीलाई २८ डलर अर्थात् ३ हजार २ सय येन खाममा हालेर दिने घोषणा गर्‍यो । तर पनि धेरैजसो कर्मचारीहरुले बोनस लिनुभन्दा काम गरेर बस्नु नै ठीक ठाने । यसले जापानी कर्मचारीहरुको काम गर्ने मानसिकता झल्काएको छ । कर्मचारीहरुलाई लामो समयसम्म काममा लगाउँदा उत्पन्न हुन सक्ने समस्यालाई समेत यसले थप प्रकाश पारेको छ ।

जापानमा अत्यधिक कामको मारकै कारण हरेक वर्ष २ हजारभन्दा बढी कर्मचारीहरुले आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म जापानका करीब १ सय ३० कम्पनीले प्रिमियम फ्राइडे योजनामा सहभागी हुने जनाएका छन् । यद्यपि, यी कम्पनीहरु यो योजनामा कसरी संलग्न हुन्छन् र कम्पनीले सबै कर्मचारीलाई एकैचोटि बिदा देला कि नदेला भन्नेबारे भने सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)