ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्वाइलेट पेपरमा पनि छापिन थाले विज्ञापन

Aug 22, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

यो समाचार शीर्षकबाट केही अचम्मित हुन सक्छन् भने केहीले चाहिँ व्यापारिक सृजनशीलताको एक अनुपम उदाहरणका रुपमा लिनसक्छन् । प्रसङ्ग हो, न्यूयोर्क शहरका दुई उद्यमी दाजुभाइको । जसले ट्वाइलेट पेपरमा विज्ञापन छापेर अहिले सफलता पाइरहेका छन् । जोर्डन र ब्रायन सिल्भरम्यान नाम गरेका ती दुई दाजुभाइले उत्पादन गरिरहेको विज्ञापन छापिएका ट्वाइलेट पेपरको माग न्यूयोर्कभरि नै बढेको छ । यसका लागि सिल्भरम्यान दाजुभाइले स्टार ट्वाइलेट पेपर नामक एक कम्पनी नै सञ्चालन गरेका छन् ।

२२ वर्षीय जोर्डनका अनुसार एक दिन बाथरुममा बसिरहेको समयमा मोबाइलमा आएका सन्देश र विज्ञापन पढ्दै गर्दा उनको मनमा यस्तो व्यापार शुरु गर्ने सोच आएको थियो । त्यसपछि आफ्ना भाइलाई यो कुरा बताएपछि सन् २०१० मा कम्पनी स्थापना गरिएको उनले बताए । ‘शुरुमा त मलाई दाजुको प्रस्ताव उडन्ते लाग्यो । तर, जोर्डनले राम्रोसँग सम्झाएपछि भने ट्वाइलेट पेपरका खाली ठाउँमा पनि विज्ञापनदाताहरु आकर्षित हुनसक्छन् भनेर म विश्वस्त भएँ’, १८ वर्षीय ब्रायनले भने । सिल्भरम्यान दाजुभाइबीच ट्वाइलेट पेपरमा विज्ञापन छाप्ने व्यापार शुरु गर्ने सहमति पनि बाथरुममै भएको थियो ।

उनीहरुले विज्ञापन दुई तह भएका ट्वाइलेट पेपरमा छाप्ने गर्छन् । सामान्य रुपमा छापिएका विज्ञापनसँगै यी ट्वाइलेट पेपरमा कोडहरुमार्फत लेखिएका विज्ञापनलाई प्रयोगकर्ताले आफ्ना स्मार्टफोनका कोड रिडर एप्लिकेशन अथवा कम्पनीको वेबसाइटमा लग अन गरेर पढ्नुपर्ने हुन्छ । थुप्रै प्रयोगकर्ताले यसबाट विज्ञापन पढ्ने नयाँ अनुभूति मिलेको बताएका छन् । सिल्भरम्यान दाजुभाइले अहिलेसम्म ५० विज्ञापनदाताहरुका लागि विज्ञापन छापिरहेका छन् । यी ट्वाइलेट पेपरमा छापिने प्रत्येक विज्ञापनको शुल्क ९९ डलर तोकिएको छ । ट्वाइलेट पेपर नियमित किन्ने विज्ञापनदाताको विज्ञापन भने सित्तैमा छाप्ने सुविधा दिइएको सिल्भरम्यान दाजुभाइले जानकारी दिएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)