ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इटालीमा हल्का पेयमाथी पनि कर

Aug 29, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ऋणग्रस्त इटालीमा सरकारले कर बढाउने एउटा नयाँ बहाना भेटेको छ । कुनै पनि क्षेत्रमा कर लगाउन बाँकी नराखेको भन्दै आलोचित इटाली सरकारले पछिल्लोपटक हल्का पेयमा पनि कर लगाउन लागेको छ । त्यहाँ नागरिकको स्वास्थ्य ‘राम्रो बनाउने’ भन्दै हल्का पेयमा पनि कर लगाउने प्रस्ताव गर्न लागिएको इटालीको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनले दिएको जानकारीअनुसार स्वास्थ्यमन्त्री रेनेटो बालडुज्जीले सप्ताहन्तसम्म यसबारेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने छन् ।

मन्त्रालयका ती अधिकारीले प्रस्तावमा प्रत्येक हल्का पेयका बोतलमा ३ यूरोको दरले कर लगाइने उल्लेख गरे । यसबाट यो वर्ष २५ करोड यूरो राजस्व उठ्ने अनुमान गरिएको उनले बताए । तर, कति प्रकारका हल्का पेयमा कर लगाउने हो, त्यसबारे भने निर्णय भइनसकेको ती अधिकारीले जानकारी दिए । स्वास्थ्यमन्त्री बालडुज्जीले पनि यो खबरलाई पुष्टि गरेका छन् । ‘आफ्ना सन्तानलाई स्वस्थ्यकर आहार लिनका लागि आमाबाबुहरुलाई प्रेरित गर्ने कदमका रुपमा मैले यो प्रस्ताव प्रस्तुत गर्न लागेको छु,’ ला रिपब्लिका दैनिकसँग कुरा गर्दै उनले भने । हल्का पेयबाट उठ्ने राजस्व जनस्वास्थ्य क्षेत्रमा खर्च गर्ने नीति लिइने उनको भनाइ छ ।

इटाली सरकारले अहिले आएर मात्रै यस्तो प्रकारको कर लगाउने प्रस्ताव गरे पनि यूरोजोनकै अर्को राष्ट्र फ्रान्सले गतवर्ष नै कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वराष्ट्रपति निकोलास सार्कोजीको पालामा हल्का पेयमाथि कर लगाउँदा फ्रान्स सरकारले ‘नागरिकमा देखिएको अत्यधिक मोटोपनाविरूद्ध’ प्रभावकारी कदमका रुपमा यसलाई व्याख्या गरेको थियो । अमेरिकामा पनि केही महीनाअघि यस्तै कर प्रस्ताव गर्न लागिँदा ब्रेभरेज उद्योगले विरोध गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)