ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाईजहाजको ककपिटलाई कागजमुक्त गर्ने नयाँ जुक्ति

Aug 30, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

जेट विमानका ककपिटभरि कागजका म्यानुअलका थुप्रो असरल्ल हुन थालेपछि श्रीलङ्कन एयरलाइन्सले तिनको ठाउँमा आईप्याड प्रयोग गर्ने नयाँ जुक्ति निकालेको छ । एयरलाइन्सले गरेको निर्णयअनुसार बुधवारदेखि एयरबस ए ३४०, ए ३३० र ए ३२० विमानका चालकहरुले कागजको म्यानुअलको सट्टा आईप्याड प्रयोग गर्नेछन् ।

विमान सञ्चालन गर्न र दिशा पत्ता लगाउन फ्लाइट म्यानुअल चालकहरुलाई नभई नहुने निर्देशिका हो । यो निर्णयपछि श्रीलङ्कन एयरलाइन्स ककपिटमा आईप्याड प्रयोग गर्ने एशियाकै पहिलो विमानसेवा बनेको छ । श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि एयरलाइन्सले विमान चालकहरुलाई कागजी म्यानुअलको ठाउँमा आईप्याडमा आधारित ‘इलेक्ट्रोनिक फ्लाइट ब्याग’ (ईएफबी) उपलब्ध गराउने निर्णय गरेको हो । एयरलाइन्सले दिएको जानकारीअनुसार आईप्याडयुक्त ईएफबीमा उडानसम्बन्धित तथ्याङ्कहरु नियमित रुपमा प्रसारण गरिनेछन् ।

यसबाट चालकहरुले झण्डै ८४ किलोग्राम तौलका कागजी फ्लाइट म्यानुअलका ठेली पल्टाउनबाट मुक्ति पाउने र औंलाको सहायताले टचस्क्रीनबाटै आफूलाई आवश्यक सबै जानकारी पाउने विश्वास गरिएको छ । त्यसैगरी आईप्याडको प्रयोगपछि विमानमा कागजको प्रयोग न्यून हुने भएकाले वातावरण संरक्षणमा योगदान पुग्ने र वार्षिक हजारौं पन्ना छापिने खर्च पनि जोगिने एयरलाइन्सको भनाइ छ । श्रीलङ्कन एयरलाइन्सले बताएअनुसार फ्लाइट म्यानुअलको छपाइमा वार्षिक २ लाख ६४ हजार ग्यालन इन्धन खर्च हुने गरेको छ ।

यसले गर्दा कार्बनडाइअक्साइड ग्यास पनि उच्च परिमाणमा उत्सर्जन भइरहेको र त्यो अब रोकिने दाबी एयरलाइन्सको छ । ‘हामीहरु फ्लाइट डेकलमा परिमार्जनको कदम उठाउने एशियाकै अग्रणी विमानसेवा भएका छौं,’ एयरलाइन्सका कार्यकारी प्रमुख कपिला चन्द्रसेनाले भने । विमानको ककपिटलाई काजगमुक्त पार्ने यो अभियान नौलो भने होइन र थुप्रै यूरोपेली र अमेरिकी विमानसेवाहरुले आफ्ना चालकहरुलाई केही अघिदेखि नै आईप्याड दिइसकेका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)