ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरबीआईका गभर्नरको ‘गम्भीर’ ठट्टा

Sep 5, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)का गभर्नर दुभ्भुरी सुब्बाराओ मौद्रिक नीतिसम्बन्धी आफ्नो अनपेक्षित निर्णयका लागि प्रशिद्ध छन् । हालै पनि उनले ब्याजदर कटौतीको अपेक्षा गरिरहेकाहरूलाई निराश बनाउने खालको घोषणा गरेका थिए । देशकै सबैभन्दा ठूलो र प्रतिष्ठित बैङ्किङ जमघटका बेला सुब्बाराओले गम्भीर मुद्रामा आफूले केही घोषणा गर्न चाहेको बताए । त्यसपछि बैङ्कहरूले राख्नुपर्ने अनिवार्य सञ्चिति रकम अर्थात् सीआरआर प्रणाली हटाउने कि भन्नेबारे छलफल गर्न विशेषज्ञहरूको समिति गठन गरेको उनले बताए । त्यसपछि उनले समितिको सदस्यमा आरबीआईकै डेपुटी गभर्नर केशवचन्द्र चक्रवर्ती र स्टेट बैङ्क अफ इण्डियाका अध्यक्ष प्रतिप चौधरी रहने बताए ।

दुवैलाई एउटा कोठामा बन्द गरिने र जबसम्म उनीहरू कुनै निर्णयमा आइपुग्दैनन्, उनीहरूलाई कोठाबाट निस्कन नदिने सुब्बाराओले आफ्नो योजना खुलाउँदै भने । तर, आफू गभर्नर रहुञ्जेल उनीहरूले प्रस्तुत गरेको प्रतिवेदन स्वीकार नगर्ने पनि उनले बताए । सुब्बाराओको कुरा सुनेर उपस्थित सहभागीमध्ये धेरैको हाँसोको फोहोरा नै छुट्यो । तर, कतिपय संवाददाताहरूले भने उनले गम्भीर मुद्रामा गरेको घोषणालाई वास्तविक ठान्दै समाचारसमेत सम्प्रेषण गर्न पुगेका थिए ।

सीआरआर प्रणाली नै हट्ने भन्ने समाचार सम्प्रेषणपछि शेयरबजारमा समेत अन्योल उत्पन्न भएको थियो । तर, चाँडै नै व्यवसायीहरूले सुब्बाराओको ठट्टा बुझे र बजार प्रभावित हुन पाएन । वास्तवमा सुब्बाराओले चक्रवर्ती र चौधरीबीचको सार्वजनिक बहसलाई सङ्केत गर्दै ठट्टा गरेका थिए । चौधरीले सीआआर प्रणालीलाई हटाउनुपर्ने तर्क गर्दै आएका छन् । पछि एकजना संवाददाताले सुब्बाराओलाई ठट्टा गरेको पो हो कि भन्ने प्रश्न सोध्दा उनले मुस्कुराउँदै जवाफ दिए, ‘तपाईंलाई के जस्तो लाग्छ ?’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)