ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्पतालमा पनि बाउन्सर

Sep 11, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ठूलो जीउडाल भएका र शरीरका विभिन्न भागमा ‘ट्याटु’ खोपेका प्रदीप कुमार (तस्वीरमा देखिएका) बाउन्सरको काम गर्न सबेरै मोटरसाइकलमा घरबाट निस्कने गर्छन् । तर, उनी कुनै नाइटक्लब अथवा डिस्कोमा बाउन्सरको काम गर्न नभई अस्पतालको ड्युटी पूरा गर्न काममा गएका हुन् । अस्पतालमा पुगेपछि प्रदीप कुमार र उनका अन्य बाउन्सर साथीहरुले बिरामी र रोगीहरुले खचाखच भरिएको अस्पतालका विभिन्न विभागहरुमा अनुशासन कायम राख्ने काम गर्छन् । उनीहरु नाइटक्लब अथवा डिस्कोमा कार्यरत रिसाहा बाउन्सरहरुभन्दा निकै फरक छन् । कतिपय अवस्थामा राम्रो उपचार नपाएको भन्दै आक्रोश पोख्ने मानिसलाई नम्र तरीकाले सम्झाईबुझाई गर्ने गर्छन् ।

प्रसङ्ग हो– नयाँ दिल्लीको, जहाँका अस्पतालहरुले अहिले धमाधम बाउन्सरहरु भर्ना गर्न थालेका छन् । बिरामी, रोगी र घाइतेहरुको उपचार गर्ने मानवीय सेवामा लागेका त्यहाँका अस्पतालहरु हिंसाले ग्रस्त बन्न थालेपछि बाउन्सर भर्ना गर्न थालिएको हो । बाउन्सर भर्ना गर्ने कार्यको शुरूआत सर्वप्रथम दिल्लीस्थित दीनदयाल उपाध्याय अस्पतालले गरेको छ, जहाँ प्रदीप कुमार कार्यरत छन् । त्यहाँका चिकित्सक, नर्सलगायत मेडिकल कर्मचारीले प्रत्येक महीनाजसो अस्पतालमा आएका मानिसबाट धेरैपटक आक्रमणको सामना गर्नुपरेको थियो । यसरी आक्रमणहरु हुन थालेपछि आफ्नो ज्यानको सुरक्षा माग्दै त्यहाँ कार्यरतहरुले ६ वर्षको अवधिमा २० पटकभन्दा बढी हडताल गरिसकेका छन् ।

अस्पतालमा यस्ता अवाञ्छित गतिविधिहरु शृङ्खलाबद्ध रुपमा हुन थालेपछि प्रशासनले बाउन्सर भर्ना शुरु गरेको हो । उनीहरुलाई काममा खटाइएपछि भने उक्त अस्पतालमा विगत १ महीनादेखि कुनै पनि हिंसात्मक गतिविधि भएको छैन । अस्पतालका मेडिकल कर्मचारीले उनीहरुको तारिफ त गरेकै छन्, साथै त्यहाँ आउनेहरुले पनि राम्रो सेवा पाइरहेको बताएका छन् । दीनदयाल उपाध्याय अस्पतालले शुरु गरेको यो अभियान दिल्लीभरि मात्रै नभई भारतभरि नै फैलने इण्डियन मेडिकल एशोसिएशनका प्रवक्ता डा. नरेन्द्र साइनीले बताए । यी कर्मचारीले अस्पतालभित्र मर्यादा कायम राख्ने हुनाले देशका थुप्रै अस्पतालले बाउन्सर भर्ना गर्न लागेको उनले जानकारी दिए । यकिनका साथ भन्न नसकिएपछि भारतका अस्पतालमा वर्षभरि हजारौं हमला हुने गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)