ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इतिहासमै पहिलोपटक गभर्नरका लागि आवेदन आह्वान

Sep 16, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वभरिका सरकारहरुले केन्द्रीय बैङ्कको गभर्नर पदमा आफ्नो नीतिसँग सहमत व्यक्तिलाई विनाप्रतिस्पर्धा छानेर नियुक्त गर्ने प्रचलन रहेको छ । तर, बेलायतका अर्थमन्त्री जर्ज ओसबोर्नले भने अहिलेसम्म कहीँ कतै नसुनिएको नयाँ चलन शुरु गर्न लागेका छन् । प्रसङ्ग हो, बैङ्क अफ इङ्ल्याण्डका गभर्नर मर्भिन किङको पदावधि समाप्त भएपछि गरिने नियुक्तिको । बेलायती अर्थमन्त्री ओसबोर्नले गतहप्ता संसद्मा गरेको एक घोषणाअनुसार केन्द्रीय बैङ्कका गभर्नरको पदमा खुला प्रतिस्पर्धापछि मात्रै नियुक्ति हुनेछ । यसका लागि पत्रपत्रिका र सञ्चारमाध्यमहरुमा विज्ञापन प्रकाशित गरिने उनले जानकारी दिए । त्यसपछि पर्ने आवेदनहरुको मूल्याङ्कन गर्दै उम्मेदवारहरुबीच खुला प्रतिस्पर्धा गराइने योजना रहेको उनले सुनाए ।

‘किङका उत्तराधिकारीको नियुक्ति खुला र स्वच्छ प्रतिस्पर्धाका आधारमा तय गरिनेछ, इतिहासमै पहिलोपटक यसबारेको विज्ञापन पत्रिका र सञ्चारमाध्यमहरुमा आउनेछन्,’ ओसबोर्नले भने । गभर्नर पदका लागि खुला प्रतिस्पर्धाबारेको विज्ञापन यो हप्ता पत्रपत्रिकामा छापिने जानकारी उनले संसद्लाई गराए । सन् २००३ देखि बैङ्क अफ इङ्ल्याण्डको गभर्नर रहेका किङको पदावधि आगामी वर्षको जुन ३० तारिखमा सकिन्छ । विश्लेषकहरुले ओसबोर्नको योजनाले केन्द्रीय बैङ्कको नेतृत्वदायी पदमा नियुक्ति गर्ने नयाँ प्रचलन शुरु गर्न सक्ने बताएका छन् । महत्वपूर्ण सार्वजनिक पदमा खुला प्रतिस्पर्धाबाट गरिने नियुक्ति प्रजातान्त्रिक अभ्यासको अनुपम उदाहरण हुने उनीहरुको भनाइ छ । यसबाट नेपालका नीतिनिर्माताहरुले पनि केही सिक्ने कि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)