ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इष्टोनियाको आफ्नै क्रिप्टोकरेन्सी !

Aug 27, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सरु
पूर्वी यूरोपेली देश इष्टोनियाले बिट्क्वाइनजस्तै आफ्नै इलेक्ट्रोनिक मुद्रा जारी गर्ने भएको छ । ‘इष्टक्वाइन’ नाम हुने यो मुद्रा शेयरको प्राथमिक निष्कासन गरेजस्तै इनिशियल क्वाइन अफरिङ (आईसीओ)को माध्यमले जारी हुनेछ । यसमा सरकारको पनि सहयोग रहनेछ । ‘आईसीओ’ भन्नाले क्राउड फण्डिङका माध्यमले कुनै परियोजनाका लागि रकम जुटाउ“दा अपनाइने प्रक्रिया भन्ने बुझिन्छ । डिजिटल क्षेत्रमा नवप्रवर्तनका लागि इष्टोनिया लामै समयदेखि प्रख्यात छ । त्यहाँको ई–रेजिडेन्सी कार्यक्रम निकै पुरानो भइसक्यो । सो कार्यक्रमअन्तर्गत विश्वको जुनसुकै देशका मानिसले इष्टोनियाको इलेक्ट्रोनिक नागरिकता पाउँछन् । यस्तो नागरिकता हुनेले इष्टोनेसियामा व्यवसाय स्थापना गर्न तथा बैङ्किङ, भुक्तानी प्रशोधन र कर भुक्तानीको सुविधा पाउँछन् । हाल १ सय ३८ देशका २२ हजार मानिसहरू ई–रेजिडेन्सीमा सहभागी भएको बताइन्छ । इष्टक्वाइन इष्टोनियाकै नागरिक भिटालिन बुतेरिनले आविष्कार गरेको ‘इथेरियम’ नामक ब्लकचेन विधिमा आधारित हुने बताइएको छ । इथेरियमअन्तर्गत ‘इथर’ नामको बिट्क्वाइन जस्तै क्रिप्टोकरेन्सी पनि प्रचलनमा छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)