ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करोडौं डलरको चिठ्ठासँगै निम्तियो दुर्भाग्य !

Sep 23, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

भाग्यशाली चिठ्ठा जितेर करोडौं डलर पाएकै भरमा जीवन खुशीमय हुँदैन भन्ने कुरा एक क्यानेडालीले भोगेको दुःखका शृङ्खलाले देखाएको छ । मोण्ट्रियाल शहरका बासिन्दा ७७ वर्षीय लुसिएन नल्टले सन् २००९ मा १ करोड ६९ लाख क्यानेडाली डलरको ‘लोट्टो ६४९’ नामक एक भाग्यशाली चिठ्ठा जितेका थिए । तर, उक्त रकम जितेपछि भने उनको जीवनमा लगातार दुःखका शृङ्खलाहरु एकपछि अर्को गर्दै निम्तिए । क्यानेडाली दैनिक पत्रिका द सन न्यूजले यसबारे छापेको एक रिपोर्टअनुसार सन् २००९ यता नल्ट परिवारका सदस्यहरुको एकपछि अर्को गर्दै असामयिक निधन भएको छ ।

रिपोर्टमा लुसिएनका छोरा डेनिएलको हालै घरनजिकै हिँडिरहेको समयमा गाडीको ठक्करबाट मृत्यु भएको थियो । उनी आफ्नो हराएको कुकुर खोज्न बाहिर निस्किएका थिए । त्यसैगरी डेलियलकी श्रीमती र लुसिएनकी बुहारी थेरेसाले पनि केही समयअघि असामयिक मृत्युवरण गर्नुपरेको थियो ।

लुसिएनले चिठ्ठामा जितेको रकमबाट आफ्ना छोरा–बुहारीलाई बनाइदिएको आलिशान बङ्गलाको स्वीमिङ पुलमा थेरेसा डुबेकी थिइन् । उक्त दुर्घटना हुँदा बङ्गलामा एक भव्य पार्टी हुँदै थियो ।

त्यसबाहेक चिठ्ठा जितेपछि लुसिएनको सम्पत्तिमा दाबी गर्दै आफन्तहरुले अदालतमा मुद्दाहरु पनि दायर गरेका छन् । डेनियललाई रकमको उल्लेख्य भाग दिए पनि ५० लाख डलर छिमेकीहरुलाई दिएपछि बाबु–छोराबीच मनमुटाव भएको थियो । लुसिएनकी श्रीमतीले समेत चिठ्ठा जितेको केही महीनाभित्रै उनलाई छाडेर हिँडेकी थिइन् । त्यसलगत्तै उनकी पूर्वश्रीमतीका बहिनीज्वाइँले लुसिएनले आफूसँग लिएको १३ लाख डलर तिर्नुपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । सन न्यूजका अनुसार चिठ्ठा जितेपछि दुखद शृङ्खलाहरुका कारण लुसिएन अहिले विक्षिप्त बनेका छन् । उनी अहिले वृद्ध/वृद्धा बस्ने आश्रममा बसिरहेको पत्रिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)