ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपतिको मेकअप बिल १० हजार यूरो !

Aug 29, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सरु
फ्रान्स । आफूलाई सुन्दर देखाउने चाहना सबै मानिसमा हुन्छ । अरुको अगाडि आफूलाई राम्रो देखाउन हरेक महीना हामी सबैले केही रकम मेकअप र सौन्दर्य प्रसाधन खरीदका लागि छुट्याउँछौं । राम्रो देखिने र देखाउने मामिलामा महिला पुरुषभन्दा निकै अगाडि रहने गर्दछन् । तर, कोहीकोही पुरुषले भने आफ्नो स्ट्याटस, पेशा र रहरका कारण पनि मेकअपमा हजारौं, लाखौं रुपैयाँ खर्च गर्ने गर्दछन् । यस मामिलामा उच्चस्तरीय व्यक्तिहरू पनि निकै अगाडि रहने गर्दछन् । तर, आफ्नो मेकअप बिलका कारण पछिल्लो समय फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों निकै विवादित बनेका छन् । राष्ट्रपतिको कार्यभार सम्हालेयता उनले मेकअपमा मात्रै मासिक हजारौं यूरो खर्च गरेको समाचार सार्वजनिक भएपछि उनको आलोचना बढेको हो । स्थानीय पत्रिका ल प्वाँमा छापिएको समाचारअनुसार मेमा राष्ट्रपति भवन प्रवेश गरेयताको पहिलो ३ महीनामा मासिक लगभग १० हजार युरो खर्चेका छन् । उनको व्यक्तिगत मेकअपका लागि एकपटक १० हजार यूरो र अर्को पटक १६ हजार यूरो भुक्तानी गरिएको छ । म्याक्रोंले दैनिक रूपमा मेकअपमा करीब २ सय ९० यूरो खर्च गरेका छन् । तर, यो रकम उनले आफ्नै खल्तीबाट तिरेका होइनन् । यो रकम उनको विदेश यात्रा वा पत्रकार सम्मेलनका सिलसिलामा खर्च गरिएको छ । यस्ता भ्रमणमा यस्तो सेवा दिनेलाई पनि साथै लैजानुपर्छ । उता, राष्ट्रपति कार्यालयले भने तत्कालीन आवश्यकताका कारण मेकअप खर्च यति धेरै निस्किएको र सस्तो विकल्पको खोजी भइरहेको बताएको छ । म्याक्रोंका पूर्ववर्ती फ्रास्वाँ ओलान्दले पनि ३० हजार युरो खर्च गरेर मेकअप गरेको र उनका पनि पूर्ववर्ती निकोलास सार्कोजीले समेत आफ्नो अनुहार चिटिक्क पार्न मासिक ८ हजार यूरो खर्च  गरेको भ्यानिटी फेयर पत्रिकाले छापेको थियो । सार्कोजी मात्रै होइन बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले समेत आफू सत्तामा रहँदा कर दाताका रकमबाट आफ्नो कष्मेटिक र मेकअप आर्टिष्टका लागि मासिक १ हजार ८ सय पाउण्डभन्दा बढी खर्चेको सन् २००५ मा भ्यानिटी फेयरले छापेको थियो । बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनका हेयर स्टाइलिष्ट र्‍याफेल ‘लिनो’ कार्बोसिएरोले प्रत्येक पटक कपाल काटेर मिलाएबापत ९० पाउण्ड प्राप्त गर्ने गरेको समाचार सार्वजनिक भएको थियो । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)