ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पानीबाट चल्ने कम्प्युटर प्रणाली

Sep 27, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

यदि यो प्रविधि सिद्धान्तले व्यावहारिक रुप पाएमा कम्प्युटर प्रणालीमा निकै ठूलो परिवर्तन हुनसक्छ । भौतिकशास्त्रका सोधहरु प्रकाशित हुने ‘जर्नल एडभान्ष्ड मेटेरियल’को पछिल्लो अङ्कमा छापिएको एक रिपोर्टअनुसार फिनल्याण्डको आल्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले एक खोजपछि पानीको थोपाबाट नै कम्प्युटर प्रणाली सञ्चालन गर्न सकिने पत्ता लगाएका छन् । उनीहरुले एक परीक्षणपछि पानीको थोपालाई कम्प्युटरको गणितीय भाषा– ‘डिजिटल बिट्स’मा परिवर्तन गर्न सकिने र तथ्याङ्कहरुको आदान–प्रदानमा प्रयोग गर्न मिल्ने बनाउने सिद्धान्त पहिल्याएका छन् ।

परीक्षणमा पानीका थोपाहरु विकर्षित हुने सतह (वाटर–रिप्लेण्ट सर्फेस)मा क्रमिक रुपले खसाल्दा थोपाहरुले एकअर्कालाई बिलियार्डको बलजस्तै क्रमबद्ध रुपमा धकेल्ने गरेको पत्ता लगाएका थिए । यसबाट पानी विकर्षित हुने सतहमा थोपाहरुलाई निर्देशित गर्दै आफूले चाहेको दिशामा लान सकिने गुण रहेको उनीहरुले थाहा पाए । यसरी निर्देशित गरिँदा पानीका थोपाहरुमा डिजिटल तथ्याङ्कहरु पनि समावेश गर्न सकिने उनीहरुको भनाइ छ ।

यसलाई थप प्रस्ट्याउन भौतिकशास्त्रीहरुले कम्प्युटरको मेमोरी कार्डमा तथ्याङ्कहरुको प्रवाह हुने प्रविधि ‘फ्लिप–फ्लप मेमोरी’ जस्तै पानी विकर्षित हुने सतहलाई दुई फरक भागमा बाँडेका थिए । त्यसपछि उक्त सतहमा पानीका थोपाहरुलाई शृङ्खलाबद्ध ढङ्गले पठाइएको थियो । १ सयपटकसम्म पनि यो परीक्षण दोहो¥याउँदा विनाकुनै त्रुटि पानीका थोपाहरुले एक अर्कालाई बिलियार्डको खेलमा बल प्रहार गरिँदा हुने ठोक्काइजस्तै गुण देखाए ।

अनुसन्धानकर्ताले यही गुणका कारण पानीका थोपाहरुमा रासायनिय पदार्थ मिलाएर ‘प्रोग्राम गर्न सकिने रासायनिक प्रतिक्रिया’ (प्रोग्रामेबल केमिकल रियाक्सन) सृजना गर्न सकिने उल्लेख गरे । यसरी प्रोग्राम गर्न सकिने पानीका थोपाहरुलाई कम्प्युटरको मेमोरी कार्डमा तथ्याङ्कको प्रवाह गर्न प्रयोग गर्न मिल्ने बनाउन सकिने भौतिकशास्त्रीहरुले बताए । यसबाट भविष्यमा तीव्र गतिको कम्प्युटिङ गर्न सकिने उनीहरुले बताए । यति मात्र नभई यसले बाहिरबाट विद्युत् ऊर्जा दिइरहनु नपर्ने कम्प्युटर प्रविधिको विकासको ढोकासमेत खोलेको उनीहरुको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)