ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब यात्रा गर्नुहोस् विद्युतीय स्केटबोर्डमा !

Oct 1, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

चाँडै नै तपार्इं विद्युतीय स्केटबोर्डमा चढेर आफ्नो कार्यालय जान सक्नुहुनेछ ! हो, विश्वका थुप्रै युवा मात्र नभई वयस्कहरुले समेत रुचाउने स्केटबोर्डलाई विद्युतीय सवारीका रुपमा विकास गर्न एक अमेरिकी विश्वविद्यालयमा चलिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । ‘द डेली मेल’ पत्रिकाले बताएअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरु विश्वको सबैभन्दा हल्का विद्युतीय सवारीका रूपमा यो स्केटबोर्डको विकास सम्पन्न गर्न लागिपरेका छन् । ‘बुष्टेड बोर्ड’ नाम दिइएको यो स्केटबोर्डमा चढेर सवारले एकपटकमा ९ किलोमिटरसम्मको दुरी तय गर्न सक्ने पत्रिकाले उल्लेख गरेको छ ।

त्यसैगरी यसलाई २० माइल प्रतिघण्टाको रफ्तारमा दौडाउन सकिने बताइएको छ । यसबाट कलेज, कार्यालय जानेहरु र घरबाहिर हिँडिरहनुपर्नेलगायतका मानिसका साथै पर्यटकहरुले सजिलो र हल्का सवारी पाउने अनुसन्धानकर्ताहरुले बताएका छन् । बजारमा पाइने प्रचलित ‘लङबोर्ड’मा केही प्राविधिक परिवर्तन गर्दै निर्माण गरिएको बुष्टेड बोर्डको तौल पाँच किलोग्राम रहेको अनुसन्धानकर्ताहरुले जानकारी दिएका छन् ।

त्यस्तै यसमा पछाडिका दुई पाङ्ग्रालाई दौडाउन ब्याट्रीबाट चल्ने २ दशमलव ६ हर्सपावरका दुई शक्तिशाली मोटर जडान गरिएको उनीहरुले बताए । ९ किलोमिटरको यात्राका लागि सवारले यो स्केटबोर्डको लिथियम ब्याट्रीलाई दुई घण्टामा चार्ज गर्न सक्नेछन् । त्यति मात्र नभई यसमा ‘रिजेनेरेटिभ ब्रेकिङ’ प्रविधिको प्रयोग गरिएकाले सवारले यात्राको दौरानमै ब्याट्री चार्ज गर्न सक्नेछन् । बुष्टेड बोर्डको विकासका लागि अनुसन्धानकर्ताहरुले ‘किकस्टार्टर’ नामक सृजनशील कार्यहरुका लागि रकम जम्मा गर्ने एक इण्टरनेट सामाजिक सञ्जाल वेबसाइटमा यसबारेको विज्ञापन प्रसारित गरेका थिए ।

यसबाट उनीहरुले लक्ष्य गरिएको भन्दा दोब्बर बढी अर्थात् २ लाख ६० हजार डलर सङ्कलन गरिसकेका छन् । अनुसन्धानकर्ताहरुले यसको पहिलो खेप आगामी मे महीनादेखि बजारमा आउने र एउटाको मूल्य १ हजार १ सय ९९ डलर तोकिएको किकस्टार्टरमा उल्लेख गरेका छन् । यो परियोजनाका लागि रकम अनुदान दिने प्रथम ७ सय व्यक्तिहरुका लागि पहिलो खेपको उत्पादन प्रदान गरिने उनीहरुले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)