ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ जीवन बीमा कम्पनी : बजारमा आक्रामक

Nov 12, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । पछिल्लोपटक सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीले छोटो अवधिमा बीमालेख जारी गरेर प्रिमियम सङ्कलनलाई तीव्रता दिएका छन् । आईएमई, ज्योति, रिलायबल, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ५ करोड ८० लाख ६० हजार रुपैयाँ प्रिमियम सङ्कलन गरिसकेका छन् । बीमा समितिमा भने युनियन लाइफबाहेक चारओटा नयाँ जीवन बीमा कम्पनीको पहिलो त्रैमासको विवरण उपलब्ध छ । उक्त चारओटा कम्पनीले मात्र छोटो अवधिमा नै ३ करोड ६५ लाख ६० हजार रुपैयाँबराबरको प्रिमियम सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।  उक्त ४ कम्पनीले २ हजार ८ सय ७३ बीमालेख जारी गरेर सो रकमबराबरको प्रिमियम सङ्कलन गरेका हुन् । पहिलो त्रैमासिक विवरण बुझाउने प्रक्रियामा रहेको युनियन लाइफले भने ४ सय ८३ बीमालेखबाट रू.२ करोड १५ लाख प्रिमियम सङ्कलन गरेको जानकारी दिएको छ । बीमा समितिमा आईएमई, ज्योति, रिलायबल र सन नेपालको असोज मसान्तसम्मको तथ्याङ्क उपलब्ध छ । समितिले कारोबार सञ्चालनको अन्तिम स्वीकृति दिएको सातओटा बीमा कम्पनी पुगे पनि भर्खर सञ्चालन गरेका कम्पनीको भने यस्तो विवरण आएको छैन । सानिमा र सिटिजन्स लाइफले लक्ष्मीपूजाको दिनबाट मात्र कारोबार शुरू गरेका हुन् । युनियन लाइफले भने बीमा समितिमा विवरण पठाउन ढिलाइ भए पनि कारोबार भने भइरहेको बताएको छ । समितिले सबै बीमा कम्पनीलाई पहिलो त्रैमासको विवरण मङ्सिर १० गतेसम्म बुझाउन अनुरोध गरेको छ । बीमा समितिलाई प्राप्त विवरणअनुसार गत असार २० गते स्वीकृति पाएर भदौ १ गते बिहीवारदेखि कारोबार सञ्चालन गरेको आईएमई लाइफले असोज मसान्तसम्ममा ७ सय २१ ओटा बीमालेख जारी गरेको छ । उक्त बीमालेखबाट करीब ४१ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको समितिको तथ्याङ्कमा उल्लेख छ भने आईएमईले कात्तिकसम्ममा १ करोड रुपैयाँभन्दा बढी प्रिमियम सङ्कलन भएको दाबी गरेको छ । उक्त कम्पनीका असिष्टेण्ट जनरल म्यानेजर आशिष सिंहले २० ओटा शाखा भएको यस कम्पनीले आर्थिक वर्षभित्र ५५ ओटा शाखा विस्तार गर्न लागेको बताए । यसका साथै कम्पनीले प्रतिशाखा करीब तीन जनासम्म कर्मचारी राखेको र हालसम्म ६८ कर्मचारीले सेवा दिइरहेको उनको भनाइ थियो । आईएमईले हालसम्म ६ सय जना अभिकर्तालाई जीवन बीमाको तालीम दिइसकेको र यो क्रम जारी रहेको बताएको छ । असोज १० गतेदेखि कारोबार शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्सले पनि असोज मसान्तसम्म ७७ ओटा बीमालेखबाट २३ लाख ६० हजार रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । यो कम्पनीले कारोबार शुरू गरेको करीब २० दिनमा ५६ ओटा सावधिक जीवन बीमालेख, २० ओटा सामान्य म्यादी जीवन बीमालेख र एउटा आजीवन बीमालेख जारी गरेको छ । १० ओटा शाखा खोलिसकेको ज्योति लाइफले छिटै सातओटा शाखा सञ्चालन गर्ने बताएको छ । कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले प्रतिस्पर्धी बजारमा चाँडै स्थापित हुन खोजिरहेको बताए । आगामी दिनमा देशका सातओटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना रहेको उनको भनाइ छ ।  दुर्गम क्षेत्रमा सेवाविस्तार गरी जीवन बीमामा नसमेटिएका व्यक्तिहरूलाई यसमा समेट्न सबैलाई उपक्त हुने बीमा योजना जारी गर्ने योजनामा रहेको उनले बताए । असोज ६ गते एकैदिन औपचारिक कारोबार सञ्चालन गरेका सन नेपाल र नियन लाइफ इन्स्योरेन्सले पनि धमाधम बीमालेख जारी गरेका छन् । सन् नेपालले असोज मसान्तसम्म ५ लाख ८८ ओटा बीमालेखबाट २ करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यसैगरी कारोबार सञ्चालनको अनुमति पाएको २ दिनमै विधिवत् कारोबार सञ्चालन गरेको युनियनले  रू.सवा २ करोड  प्रिमियम सङ्कलन गरेको बताइएको छ । युनियनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले बीमा समितिमा त्रैमासिक विवरण भने पठाउने क्रममा रहेको बताए । उनले हमलसम्म १० ओटा शाखा कार्यालय खोलीसकेको र अरु खोल्ने क्रम जारी रहेको जानकारी दिए । यमे कम्पनील साधारणसभाबाट आईपीओ पारीत गर्न सर्वसम्मतले पास गरेको छ । हाल युनियनले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक  रोजगार जीवन बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । बीमा समितिले पछिल्लोपटक कारोबार सञ्चालनको अन्तिम स्वीकृति दिएको र शुरुआत गरेको पाँचौं नयाँ बीमा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्सले १ हजार ४ सय ८७ ओटा बीमालेख जारी गरेको छ । बीमा समितिको तथ्याङ्कअनुसार उक्त कम्पनीले ७३ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । कम्पनीले नेपालमा पहिलोपटक विशेष किसिमको बीमा योजना ‘रिलायबल धनपति जीवन बीमा योजना’ सार्वजनिक गरेको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले सानोसानो बचतबाट सजिलै करोडपति बन्न सकिने भएकाले यस्तो योजना ल्याइएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)