ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–जर्मन व्यापार : पश्मिना र कार्पेटको निर्यात बढाउने योजना

Jul 19, 2019  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found काठमाडौं । जर्मनीसँगको व्यापारघाटा कम गर्न नेपालबाट निर्यात बढाउने योजना नेपाल–जर्मन चेम्बर अफ कमर्शले बनाएको छ । त्यसका लागि नेपालबाट पश्मिना, गलैंचा, अदुवा, ऊनी फेल्ट र ह्यान्डिक्राफ्टको निर्यात बढाउने चेम्बरको योजना छ । आफ्नो रणनीतिक योजनाबारे छलफल गर्न चेम्बरले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यवसायीले दुई देशबीच सूचना र प्रविधिको आदानप्रदान बढाउने र जर्मन पर्यटक नेपाल भित्र्याउने लगायत विषयमा जोड दिए । आगामी ६ महीनाभित्र जर्मनीका उद्योगहरूको भ्रमण गर्ने र व्यापार सम्बन्धी तालिम आयोजना गर्ने योजना चेम्बरको छ । कार्यक्रममा चेम्बरका अध्यक्ष अनुपबहादुर मल्लले पहिलोपटक जर्मनीसँग निर्यात बढाउने योजना तयार पारिएको उल्लेख गर्दै उक्त योजना अनुसार काम भएमा आगामी दिनमा गलैंचा र पश्मिनाको निर्यातलाई थप प्रवर्द्धन गर्न सकिने बताए । यसअघि नेपालबाट जर्मनी निर्यात हुने मुख्य वस्तुमा गलैंचा पर्थ्यो, जसको ८० प्रतिशत निर्यात खुम्चिएको मल्लले जानकारी दिए । उनले भने, ‘नेपाली गलैंचा र पश्मिना निर्यातलाई पहिलेकै अवस्थामा पुर्‍याउनुछ ।’ नेपालमा सुरक्षाको कमी भएकाले वैदेशिक लगानी आउन नसकेको उनको भनाइ थियो । उनका अनुसार जर्मनीबाट हाल नेपालमा सबैभन्दा बढी स्वास्थ्य र निर्माण क्षेत्रका उपकरण आयात हुने गरेका छन् । कार्यक्रममा न्यू बिजनेश एज तथा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले विश्व प्रविधिमय बन्दै गएकाले नेपाली व्यवसायीले पनि सोही अनुसार प्रविधिको प्रयोग बढाउँदै लानुपर्ने बताए । चेम्बरका अनररी प्रसिडेन्ट रोनाल्ड स्केफरले नेपालको आर्थिक विकासमा जर्मनीले सदैव सहयोग गर्ने बताए । आर्थिक विकासका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । यस्तै, चेम्बरका उपाध्यक्ष नरेशलाल श्रेष्ठले जर्मनीमा नेपालबाट चिया र जडिबुटी पनि निर्यात हुँदै आएको बताए । यस्तै, आगामी वर्ष नेपालले २० लाख पर्यटक भित्र्याउन अन्तरराष्ट्रिय विमानस्थल, होटल र पर्यटन पूर्वाधारमा उल्लेख्य विकास गर्नुपर्ने उनले औंल्याए । कार्यक्रममा नेपाल–जर्मन चेम्बरका उपाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पछिल्लो समय नेपाली ब्राण्डले विश्व बजारमा ख्याति कमाइरहेको बताए । शेर्पा बियरको उदाहरण दिँदै नेपाली उत्पादनको विदेशमा माग बढ्नु राम्रो संकेत भएको उनको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)