ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चारदिन बढेको बजारमा अन्तिम दिन २.३७ अंकको करेक्सन, ४१ करोडको शेयर कारोबार

Jul 18, 2019  
लगानी मुख्य खबर नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

साउन २, काठमाडौं (अस) । साताको अन्तिम दिन बजार केहि करेक्सन भएको छ । कारोबार भएको अन्तिम आधा घण्टापछि बजार करेक्सन भएको हो । १ हजार २७५ दशमलव ७१ विन्दुबाट शुरु भएको परिसूचक बढेर दोस्रो घण्टामा १ हजार २८३ दशमलव ५९ विन्दुसम्म पुगेको थियो । सो विन्दुमा पुगेपछि ओरालो लागेको बजार अन्त्यमा २ दशमलव ३७ अंक घटेर १ हजार २७२ दशमलव ४९ विन्दुमा बन्द भएको छ ।

असार २९ गतेदेखि शुरु भएको यो सातामा बजार चार दिन बढेको छ । असार मसान्त सकिन लागेदेखि बढेको बजार बिहीवार करेक्सन भएको हो । चार दिन बजार बढ्दा परिसूचक २६ दशमलव ३४ अंकले बढेको छ । १ हजार २४८ दशमलव ५३ विन्दुबाट शुरु भएको बजार बिहीवार १ हजार २७२ विन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको चौथो विवरण सार्वजानिक हुने भएकाले पनि साउन महीना बजार बढ्ने गरेको छ । यस त्रैमासमा सार्वजनिक भएको विवरणले कम्पनीले कति लाभांश दिन सक्ला भन्ने आकलन गर्न सकिने भएकाले साउन महीना बजारका लागि हरीयो महीना भनेर पनि चिनिने गरेको छ ।

बिहीवारको कारोबार बिहीवार रू. ४१ करोड १३ लाख रकम बराबरको शेयर कारोबार भएको छ । यस दिनका कारोबार रकम अघिल्लो दिनको तुलनामा रू. १ करोड ५३ लाख मात्र कमी आएको हो । बुधवार रू. ४२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २७ अंक घटेर २७३ दशमलव ८४ विन्दुमा बन्द भएको छ । कारोबार भएका १५८ कम्पनीमा ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ । साथै, २७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । छिमेक लघुवित्त विकासको संस्थापकतर्फ शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. ५ करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९० पुगेको छ ।

नेपाल हाइड्रो डेभलपरको मूल्य ९.२४ प्रतिशत बढ्यो बिहीवार नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९ दशमलव २४ प्रतिशत बढ्न पुगेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ११ ले बढेर रू. १३० पुगेको छ । दोस्रोमा महुली सामुदायिक लघुवित्तको ४ दशमलव ९४ प्रतिशत बढेर प्रतिकित्ता रू. ९९९ पुगेको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ८१ प्रतिशत घटेर प्रतिकित्ता मूल्य रू. ५२० पुगेको छ । ११ समूहको परिसूचक

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)