ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको उकालो यात्रा जारी, तीन कारोबार दिनमा ३.२५ प्रतिशत बढ्यो

२०८० पुस, २५  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक वृद्धि भएको छ । सोमवारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । तीन कारोबार दिनमा नेप्से परिसूचक ३ दशलमव २५ प्रतिशत वृद्धि भएको छ ।

बुधवार नेप्से परिसूचक ९ दशलमव ५० अंक बढेर २ हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ । ३०१ धितोपत्रको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर ९२ हजार ६०२ पटकमा रू. ५ अर्ब १३ करोड बराबरको शेयर कारोबार भएको छ । 

अधिक तरलताका कारण बैंकहरूले धमाधम ब्याजदर घटाउन थालेका छन् । फलस्वरूप पुस मसान्तको दबाबका बीच पनि शेयर बजारले सकारात्मक लय समातेको जानकार बताउँछन् ।  

माघ लागेपछि बैंकहरूले थप ब्याजदर घटाउने देखिएको छ । त्यसो त बुधवार मात्रै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको सूचना जारी गरिसकेको छ । अन्य बैंकले पनि ब्याजदर घटाउने सम्भावना देखिन्छ । यसैकारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् । 

पुसमा अब २ दिनमात्र शेयर कारोबार हुन्छ । यसकारण अब शेयर बेच्नेले बैंकको साँवा–ब्याज र आयकरको किस्ता तिर्नका लागि रकम पाउन सक्दैनन् । यस कारण पनि भोलिबाट बजारमा विक्रेता कम हुने अनुमान गर्न सकिन्छ ।  

बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । 
कारोबारमा आएका धितोपत्रमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७८८ दशमलव ७० र हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य रू. ४११ दशमलव ५० पुगेको हो । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशत बढेर रू. ९०१ दशमलव ४० पुगेको छ । 

बुधवार सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८०८ दशमलव ८० मा झरेको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ नामक ऋणपत्रको मूल्य ५ दशमलव ८७ प्रतिशत घटेर रू. ८४० दशमलव ६० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ३२ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.४२७ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. २८ करोड ८७ लाख बराबरको भएको हो । यस कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा बढी अन्य समूहको परिसूचक २ दशलमव २१ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत घटेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)