ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि, विकास बैंक समूहको शेयरमा आकर्षण

२०८० पुस, २४  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन परिसूचक १ प्रतिशत बढेर २ हजार ८० दशमलव १२ विन्दुमा पुगेको छ । सोमवार रू. ४ अर्ब ६७ करोड बराबरको शेयर कारोबार भएकोमा आज रू. ६ अर्बभन्दा बढी पुगेको छ ।

मंगलवार सेन्सेटिभ इन्डेक्स १ दशलमव ४९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ४६ प्रतिशत वृद्धि भएको छ । ३०९ धितोपत्रको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर १ लाख ४ हजार ६१९ पटकमा रू. ६ अर्ब ११ करोड बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका धितोपत्रमध्ये आठ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर स्याङ्गे हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । 

मंगलवार सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९३१ मा झरेको छ । त्यस्तै दोस्रोमा सीईडीबी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ९० प्रतिशत घटेर रू. १ हजार १ सय कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक छ । कम्पनीको रू. १९ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत घटेको छ भने विकास बैंक समूहको ५ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । विकास बैंकहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएसँगै उक्त समूहको सूचक बढेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)