ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामान्य अंक घट्यो नेप्से, ४ अर्ब ३० करोड बराबरको धितोपत्र कारोबार

एक दर्जन कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि

२०८० पुस, २६  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ६२ अंक घटेर २ हजार ८८ दशमलव ९९ विन्दुमा कायम भएको छ ।

लगातार तीन दिन बढेको बजारबाट कारोबारीले नाफा बुक गर्नु र सामान्य भए पनि पुस मसान्तको दबाबसमेत पर्न गएकाले बजारमा सामान्य दबाबमा परेको देखियो । नेप्से परिसूचक २१ सय विन्दु नजिक पुग्दा विक्रेता हाबी भएका छन् । यसोत बुधबार इन्ट्रा डे नेप्से २१ सय विन्दुमाथिसम्म पुगेको थियो । बिहीवार पनि परिसूचक २ हजार १ सय विन्दु पुग्दा विक्रेता हाबी भएका छन् । 

अधिक तरलताका कारण बैंकहरूले धमाधम ब्याजदर घटाउन थालेका छन् । कुमारी बैंक र एनआइसी एसिया बैंकले ब्याजदर घटाएको सूचना नै जारी गरिसकेको छ । माघ लागेपछि अरु बैंकहरूले पनि ब्याजदर घटाउन सक्ने कतिपयको अनुमान छ । 

यसकारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् । 

त्यस्तै बीमा प्राधिकरणले बीमा कम्पनीहरूमा लगानी नीति खुकुलो बनाएको छ । शेयर बजारमा पनि चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न बाटो खोलिदिएको छ । यसकारण पनि अब शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

बिहीवार सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २१ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०२ प्रतिशत वृद्धि भएको छ । यस दिन ३०७ धितोपत्रको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर ७९ हजार ३८९ पटकमा रू. ४ अर्ब ३० करोड बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका धितोत्रपमध्ये सात धितोपत्रको मूल्य सर्किट लेबलमा वृद्धि भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो । 

बिहीवार सबैभन्दा धेरै ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ नामक ऋणपत्रको मूल्य घटेको छ । यस ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ६० प्रतिशत घटेर रू. ९०४ मा झरेको छ । त्यस्तै दोस्रोमा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ४५० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री हिमालयन बैंकको संस्थापक शेयरको भएको छ । यस कम्पनीको रू. २३ करोड ८५ लाख बराबरको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १३४ दशमलव ९० कायम भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको नेपाल रिइन्स्योरेन्सको कम्पनीको संस्थापकको शेयरको रू. १९ करोड ६० लाख बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक १ दशलमव ५६ प्रतिशत वृद्धि भएको छ भने जीवन बीमा समूहको सूचक १ दशमलव ०४ प्रतिशत घटेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)