ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से घटे पनि कारोबार रकम बढ्यो, सोनापुर मिनरल्सको सर्वाधिक शेयर कारोबार

२०८० पुस, १९  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ८ दशमलव ७१ अंक घटेको छ । यस दिन परिसूचक २ हजार ४९ दशमलव २८ विन्दुमा कायम भएको हो ।

यस दिन नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा वृद्धि भएको छ । बुधवार रू. ४ अर्ब ४ करोड बराबरको कारोबार भएकोमा बिहीवार साढे ५ अर्ब बराबरको भएको हो । 

बिहीवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत घटेको छ । 

यस दिन ३०३ धितोपत्रको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर १ लाख ८ हजार ४०३ पटकमा रू. ५ अर्ब ५८ करोड बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी र सिगंटी हाइड्रोको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कालिका पावरको शेयर मूल्य प्रतिकित्ता रू. ३७७ दशमलव ३० र सिगंटी हाइड्रोको शेयर मूल्य रू.३०५ दशमलव ८० पुगेको छ । 

बिहीवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशलमव ५६ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६९ मा झरेको छ ।

शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा मन्दाकिनी हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ८० घटेर रू. ४१९ दशमलव १० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. ३३ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ५०८ पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १९ करोड ४८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकीकाे घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ३४ प्रतिशत वृद्धि भएको छ भने अन्य समूहको परिसूचक ३ दशमलव ७० प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)