ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर घटेसँगै शेयर बजारमा सकारात्मक प्रभाव, नेप्से २१ सय विन्दुमाथि  

हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

२०८० पुस, २९  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंकहरूले ब्याजदर घटाउँदा र लगानीकर्तालाई पुस मसान्तको दबाब सकिँदा शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आइतवार (आज) नेप्से परिसूचक २१ सय विन्दुमाथि पुगेको छ ।

बजार बढ्दा लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीको शेयरमा परेको छ । अधिकांश हाइड्रोपावर कम्पनीका शेयर मूल्य उच्च दरले वृद्धि भएका छन् । माघ महीनादेखि लागू हुने गरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले ब्याजदर घटाएका छन् ।

सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।

यद्यपि शेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नूपूर्व बजारको ट्रेण्ड, कम्पनीको समग्र अवस्थालाई अध्धयन गरेर लगानी गर्नुपर्ने जानकार बताउँछन् । 

आइतवार नेप्से परिसूचक १ दशलमव ५१ प्रतिशत बढेर २ हजार १२० दशमलव ६२ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ०४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ४६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत वृद्धि भएको छ । 

आइतवार ३१४ धितोपत्रको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर ९४ हजार ५२६ पटकमा रू. ५ अर्ब ४५ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ५ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।

हिमालयन पावर पार्टनर, कालिका लघुवित्त, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । 

आइतवार सबैभन्दा बढी मेगा म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ९ दशमलव ५३ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ७ दशलमव ५० कायम भएको छ ।

शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा निर्धन उत्थान लघुवित्त छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ३१ प्रतिशत घटेर रू. ६७९ मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्री नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको भएको छ । यस कम्पनीको रू. ३५ करोड ६८ लाख बराबरको संस्थापक शेयरको कारोबार भएको छ । सर्वाधिक शेयर कारोबार हुने दोस्रोमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू. २४ करोड ३ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुईओटाको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । व्यापार समूहको परिसूचक शून्य दशलमव ९४ प्रतिशत घटेको छ । हाइड्रोपावर समूहको परिसूचक भने सबैभन्दा बढी ४ दशलमव ५८ प्रतिशत वृद्धि भएको छ । यस समूहको अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरले बढेसँगै समूहगत परिसूचक बढेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)