ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से १.८० प्रतिशत बढ्यो, म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली

२०८० पुस, २३  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशलमव ८० प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको हो ।

यस दिन ३०९ धितोपत्रको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर ९९ हजार ५२४ पटकमा रू. ४ अर्ब ६७ करोड बराबरको शेयर कारोबार भएको छ । सोमवार सेन्सेटिभ इन्डेक्स १ दशलमव १४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ७३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव १६ प्रतिशत वृद्धि भएको छ । 

बीमा प्राधिकरणले बीमा कम्पनीहरूमा लगानी नीति खुकुलो बनाएको छ । शेयर बजारमा पनि चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न बाटो खोलिदिएको छ । यसकारण बीमा कम्पनीहरूमा लगानीकर्ता बढी आकर्षित भएको देखियो । 

यसो त पुस मसान्त नजिकिँदै गर्दा बजारमा विक्रेता पनि हाबी भएका थिए ।  सोही कारण कारण पछिल्ला दिनहरूमा बजार सुस्त पनि देखिएको थियो ।

कतिपयले कर्जाको साँवा–ब्याज र आयकर तिर्नका लागि रकम जोहो गरिसकेका छन् भने कतिपयले गर्न बाँकी रहेको पनि हुन सक्छ । यद्यपि, पछिल्लो समय ब्याजदर घटेको छ भने शेयर बजारसम्बन्धी केही नीति खुकुलो बनाइएको छ । यसकारण पनि शेयर बजारमा विस्तारै सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् । 

यस दिन कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिगंटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । 

सोमवार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशलमव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९३ मा झरेको छ ।

त्यस्तै दोस्रोमा प्रभु स्मार्ट फण्डको इकाई मूल्य ३ दशलमव ७१ प्रतिशत घटेर रू. ८ दशलमव ५६ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. २१ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा माउन्टेन इनर्जीको रू. १९ करोड ३६ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको शून्य दशमलव ०१ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी ३ दशलमव ७२ प्रतिशत वृद्धि भएको छ । त्यसपछि जलविद्युत समूहको परिसूचक २ दशलमव ८१ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)