ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक सातामा २३.९६ अंक बढ्यो नेप्से, परिसूचक बढ्दा पनि कारोबार रकम भने घट्यो

Jul 19, 2019  
लगानी मुख्य खबर नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

अभियान संवाददाता

साउन ३, काठमाडौं । यो साता नेप्से परिसूचक २३ दशमलव ९६ अंकले बढेको छ । गत साताको अन्तिम दिन असार २६ गते १ हजार २४८ दशमलव ५३ विन्दुमा बन्द भएको परिसूचक यो साताको बिहीवार (साउन २ गते) १ हजार २७२ दशमलव ४९ विन्दुमा बन्द भएको छ ।

एउटा आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष शुरु भएको यो साताको पाँच कारोबार दिनमा शुरुका चार दिन परिसूचक बढेको छ भने साताको अन्तिम दिन बिहीवार थोरै अंकले घटेको छ । पहिलो दिनदेखि लगातार बढेको बजार बुधवार १ हजार २७४ दशमलव ८६ विन्दुसम्म पुगेको थियो ।

साउन लागेसँगै तीन कम्पनीले चौंथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस त्रैमासमा सार्वजनिक भएको विवरणले कम्पनीले कति लाभांश दिन सक्ला भन्ने आंकलन गर्न सकिने भएकाले साउन महीना बजारका लागि हरियो महीना भनेर पनि चिनिने गरेको छ । गत वर्षहरुमा पनि साउन महीनामा बजार बढ्ने गरेको थियो ।

एक महीना अघिकोभन्दा ११.५९ अंक बढी असार २ गते तुलनामा साउन २ गतेको बजार ११ दशलमव ५९ अंक बढेको छ । असार २ गते १ हजार २६० दशमलव ९० विन्दुमा रहेको बजार साउन २ गते १ हजार २७२ दशमलव ४९ विन्दुमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले सोमवार आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमले हकभन्दा बढी हकप्रद शेयरमा आवेदन दिन सकिने (हकवालाले कतिसम्म बढी हकप्रदमा भर्न पाउने भन्ने टुंगो लागेको छैन) र अर्को स्टक एक्सचेञ्जको स्थापना गर्न नीतिगत व्यवस्था उल्लेख गरेसँगै लगानीकर्ताहरुमा उत्साह छाएको थियो । कम्पनीहरुको हकप्रदमा पूर्ण आवेदन नपरी लिलामीमा निकाल्नुपर्ने बाध्यता हट्ने र शेयरधनीहरुले बढी हकप्रद भर्न पाउने भएपछि बजार बढ्न पुगेको हो ।

लगानीकर्ताहरु अझैपनि मौद्रिक नीतिको पर्खामा छन् । मौद्रिक नीतिले बिग मर्जर र शेयर बजारमा कस्तो नीति ल्याउला भन्ने पर्खाइमा लगानीकर्ताहरु छन् । आउने मौद्रिक नीतिले बिग मर्जरबारे प्रस्ट पार्ने र कम्पनीहरुको कारोबार रोक्का सम्बन्धी स्पस्ट धारणा आउने आशामा लगानीकर्ताहरु छन् ।

सातामा बजार पूँजीकरण र सेन्सेटिभ इन्डेक्सको परिवर्तन गत साताको तुलनामा बजार पूँजीकरण १ दशमलव ९३ प्रतिशत बढेको छ । गत साताको अन्तिम बिहीवार रू. १५ खर्ब ५४ अर्ब रहेको बजार पूँजीकरण यो साताको बिहीवार रू. १५ खर्ब ८४ अर्बमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ५ दशमलव ५२ अंकले बढेकोे छ । अघिल्लो साताको बिहीवार २६८ दशमलव ३२ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको बिहीवार २७३ दशलमव ८४ विन्दुमा आइपुगेको छ ।

सातामा भएको कारोबार

यो साता पाँच कारोबार दिनमा ८५ लाख ९९ हजार १७ कित्ता शेयर किनबेच भई रू. १ अर्ब ९० करोडको शेयर कारोबार भएको छ । गत साताको पाँच कारोबार दिनमा १ करोड १३ लाख ८७ हजार ५१६ कित्ता शेयर किनबेच भई रू. २ अर्ब ६३ करोडको शेयर कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २७ लाख ८८ हजार ४९९ कित्ता शेयर कम कारोबार भएपछि कारोबार रकम रू. ७३ करोड २१ लाखले घट्न पुगेको हो । गत साताको तुलनामा कारोबार रकम २७ दशमलव ८० प्रतिशत घटेको छ ।

गत साताको तुलनामा उपसमूहको परिसूचकमा आएको वृद्धिदर

सातामा सर्वाधिक कारोबार भएका कम्पनी

सातामा सर्वाधिक बजार पूँजीकरण भएका कम्पनी

सातामा १३ करोड ४९ लाखभन्दा बढी शेयर थपियो सातामा चार कम्पनीको १३ करोड ४९ लाख ७३ हजार ४४६ दशमलव ६ कित्ता शेयर दोस्रो बजारमा थप भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद, एनएमबि लघुवित्तको १ लाख ११ हजार ३१२ दशमलव ५ कित्ता बोनस, नविल व्यालेन्स फण्डको ११ करोड २० लाख आईपीओ र कुमारी बैंकको १ करोड ५२ लाख २१ हजार ७८१ दशमलव ३९ कित्ता शेयर सूचिकृत भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)