ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हजार पाउण्डमा आजीवन रक्सी !

Nov 13, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सरु
चीनमा ११ नोेभेम्बरमा मनाइने ‘सिङ्गल डे’ शपिङ फेष्टिबलको मौकामा त्यहाँको एक मदिरा कम्पनी चिआङजीआओबाईले अनौठो अफर राखेको छ । यस अफरअनुसार १ हजार २ सय ७५ पाउण्डमा कम्पनीले आजीवन रक्सी उपलब्ध गराउनेछ । पहिला आउने ३३ जना उपभोक्ताले उसको जीवनकालभरि हरेक महीना १२ ओटा रक्सीका बोतल पाउनेछन् । त्यस्तै, यो स्किम खरीद गरेको ५ वर्षभित्र उपभोक्ताको मृत्यु भएमा परिवारको अन्य एक सदस्यलाई आजीवन मदिरा उपलब्ध गराइनेछ । चामलबाट बनेको सेतो मदिरा पाइचिउ नामको रक्सी उपभोक्ताहरूले पाउने भएका हुन् । यस मदिरालाई विदेशमा विक्री गर्ने अनेक प्रयास गरिए पनि यसले लोकप्रियता हासिल गर्न नसकेका कारण यस्तो अफर पेश गरिएको हो । चीनबाहिर यो मदिरा त्यति लोकप्रिय बन्न सकेको छैन । तर, कम्पनी टाट पल्टिएको खण्डमा भने यो डिल स्वतः रद्द हुने एक अधिवक्ताले बताएका छन् । चिनियाँ अनलाइन शपिङ कम्पनी अलिबाबाको छुट कुपनको प्रयोग गरेर उपभोक्ताहरूले माथि उल्लेख गरिएको रकमभन्दा कम रकममा पनि यो सेवा प्राप्त गर्न सक्नेछन् । यद्यपि, कम्पनीले आजीवन रक्सी उपलब्ध गराउने कुरामा भने केही मानिसहरूले शङ्का व्यक्त गरेका छन् । यसका लागि कम्पनीले ग्राहकहरूलाई प्रमाणपत्र उपलब्ध गराउने र यदि आउँदो ३० वर्षभित्र कम्पनीले रक्सी उपलब्ध गराउन नसकेको खण्डमा उसले पूरै पैसा फिर्ता दिनेसमेत बताएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)