ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजिटल प्रणाली अपनाउन दिइएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Nov 20, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
मङ्सिर ४, काठमाडौ । टेलिभिजन च्यानलका सेवा प्रदायकहरुलाई डिजिटल प्रणाली अपनाउनु पर्ने गरी गरिएको सरकारी निर्णयलाई हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाससे टेलिभिजन च्यानलका सेवा प्रदायकहरुलाई डिजिटल प्रणाली अपनाउन दिइएको निर्देशनलाई यही मङ्सिर १५ गतेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । दिइएको सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेसम्बन्धमा उक्त मितिमा रिट निवेदक र सरकार बीच छलफल हुनेछ । टेलिभिजन च्यानलका सेवा प्रदायकहरुलाई डिजिटल प्रणालीमा नलगे सेवा नै बन्द गराउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । राष्ट्रिय एकता मन्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्धारा दायर गरिएको रिट निवेदनमा सरकारको सो निर्णयले जनताको सूचनाको हकको हनन् भएको उल्लेख गर्दै संविधान विपरित उक्त निर्णय खारेज गर्न आदेशको माग गरिएको थियो । डिजिटल प्रणालीको बहानामा  विदेशी सेट अप बक्स किन्न लगाएको उल्लेख गर्दै सरकारले यसबाट मोटो रकम कमिसन खाने नियत राखेको रिट निवेदनमा दावी गरिएको थियो । रिट निवेदनमा सरकारी निर्णयले नेपालको संविधानको धारा १९ को उपधारा (१), (२) र (३) तथा धारा २७ को प्रावधानको उल्लङ्घन भएको भनिएको थियो । धारा १९ मा प्रकाशन तथा प्रसारण संस्था बन्द नगर्ने तथा धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ । सर्वोच्च अदालतले एनालग प्रणालीबाट डिजिटल प्रणालीमा लानु पर्नाको कारण १५ दिन भित्र पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । रिट निवेदनको तर्फबाट अधिवक्ताहरु विकास भट्टराई, बिनोद कार्की, शल्लु तिवारीलगायतले बहस गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)