ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेद्वारा मार्जिन कारोबारको मस्यौदा तयार

Nov 30, 2017  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
मङ्सिर १४, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी मस्यौदा तयार पारेको छ । नेप्सेले मस्यौदा तयार भएपनि सञ्चालक समितिमा स्वीकृतिका लागि आगामी साता पेश गर्ने जानकारी दिएको छ । नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले सञ्चालक समितिले मस्यौदालाई स्वीकृत गरेपश्चात नेपाल धितोपत्र बोर्डमा पठाइने जानकारी दिए । धितोपत्र बोर्डको स्वीकृति पश्चात उक्त मस्यौदाले अन्तिम रूप पाउनेछ । यस अघि बोर्डले लगानीकर्तालाइ मार्जिन कारोबार सुविधा उपलब्ध गराउन तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उदेश्यले मार्जिन कारोबार सम्बन्धी निर्देशन जारी गरेको थियो । उक्त निर्देशन बमोजिम कम्तिमा १० हजार शेयरसदस्य रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत सङ्गठित संस्थाको शेयरमा मात्र कर्जा उपलब्ध गराउने, यस्तो कर्जा उपलब्ध गराउने धितोपत्र व्यवसायीको खुद सम्पत्ति कम्तिमा रू. ५ करोड हुनुपर्ने, व्यवसायीले सूचीकृत सङ्गठित संस्थाको शेयरको १ सय ८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुन आउन रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्ने, व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेण्टिनेन्स मार्जिन लिनुपर्ने, ग्राहकले मार्जिन कारोबारमा खरीद गरेको शेयर आवाश्यक पर्ने मेण्टिनेन्स मार्जिन भुक्तानी गर्न नसकेमा धितोपत्र दलाल व्यवासायीले सो शेयर विक्री गर्न सक्ने, व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैङ्कसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने लगाएतका १० बुदाहरू समेटिएका छन् । यस व्यवस्थाबाट दोस्रो बजारमा तरलतामा अभिवृद्धि हुने, लगानीकर्ताहरूलाई शेयर खरीद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुन गई धितोपत्र कारोबार बढी गतिशिल हुने बोर्डको विश्वास रहेको छ  ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)