ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ लाखमै चलचित्र

Oct 6, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पोखरामा ५ लाख रुपैयाँको लागतमा चलचित्र निर्माण भएको छ । गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘अस्मिता’ निर्माणका लागि ५ लाख रुपैयाँमात्र खर्च भएको चलचित्रका  लेखक तथा निर्देशक प्रितम गुरुङले जानकारी दिए । चलचित्रको असोज २७ गते पोखराको बाराही हलमा विशेष प्रदर्शन हुने शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।


तीन हप्ताभित्र कास्की, लमजुङ र तनहुँमा चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए । प्रेम कथामा आधारित चलचित्र अस्मितालाई ‘लालीगुराँस संस्कृति केन्द्रका सञ्चालक तथा चलचित्रका नायक ताराबहादुर गुरुङले पोखरामा विशेष प्रदर्शन गर्दै छन् । त्यसअघि असोज २५ गते ओजन रेष्टुराँमा नायिका अनु गुरुङको पहलमा चलचित्र प्रदर्शन हुने बताइएको छ । निर्देशक गुरुङका अनुसार चलचित्र नयाँ विषयवस्तुमा आधारित रही बनाइएको छ ।  


ताराबहादुर गुरुङ र राजु गुरुङले निर्माण गरेको चलचित्रमा अनु तमु, आस्मी तमु, ताराबहादुर गुरुङ, राजु गुरुङ, जनक गुरुङ, प्रितम गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् । चितवनको गुरुङ गाँउ सोह्रथोक र काठमाडौंमा छायाङ्कन गरिएको चलचित्र अस्मिताले चारओटा विशेष ‘शो’ बाटै लगानी उठाउने लक्ष्य राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)