ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरुङमार्ग निर्माण : पाँच स्थानका लागि अध्ययन गरिँदै

Dec 6, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सरकारले नयाँ पाँच स्थानमा सुरुङमार्ग (टनेल) निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । विभिन्न राजमार्ग तथा सहायक राजमार्गमा हुँदै आएको मानवीय क्षति कम गर्न र यातायात सेवालाई भरपर्दाे बनाउँदै कम दूरीमै गन्तव्यमा पुग्न सघाउ हुने गरी सडक विभागले ती सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको हो । सडक विभागका अनुसार अध्ययन गरिने सडकहरूमा मकवानपुरको कुलेखानी–भीमफेदी (४ किलोमिटर), बनेपा–सिन्धुली सडक खण्डको पुर्काेट–सिन्धुली (९ किमी), पोखरा–बागलुङ सडक खण्डको पोखरा हेम्जा–नयाँ पुल (५ किमी), दोलखाको चरिकोट–लामाबगरको लाप्चा गाउँ (१ किमी) र नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने (५ किमी) रहेका छन् । त्यसका लागि विभागले आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । विभाग स्रोतका अनुसार ती सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि प्रतिकिलोमिटर रू. ८० देखि ९० लाखसम्म लाग्ने अनुमान गरिएको छ । विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले मुलुकको यातायात सेवालाई भरपर्दाे र खासगरी लामो दूरीमा रहेका सडक सञ्जालबाट कम दूरीमै गन्तव्यमा पुर्‍याउने र सडकका कारण हुने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले यी सडकमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न लागिएको बताए । उनले भने, ‘दाउन्नेमा बढी दुर्घटना हुने र पहिरोको पनि समस्या भएकाले यस क्षेत्रको जोखीमपूर्ण भागमा सुरुङमार्गको विकल्प खोजिएको हो ।’ नेपालको भौगोलिक बनोटका कारण अधिकांश राजमार्गबाट जाने सडकहरू पहिरो तथा दुर्घटनाका हिसाबले उच्च जोखीममा रहेका छन् भने कतिपय सडक दूरीका हिसाबले अनावश्यक लामा भएका छन् । त्यसलाई ध्यानमा राखी विभागले विभिन्न स्थानमा सुरुङ निर्माणको सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको हो । बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा पनि सुक्खा पहिरोको समेत उच्च जोखीममा रहेको क्षेत्र हो । यी र यस्तै समस्याको समाधान र पहिरो, भीरबाट सवारीसाधनहरू खस्ने गर्दा पनि मानवीय क्षति हुँदै आएका छन् भने अर्काेतर्फ दूरी लामो हुँदा बढी खर्च र समयको अनावश्यक व्यय हुने स्थिति रहेको छ । यसअघि सरकारले जापान सरकार (जाइका)को सहयोगमा ‘नागढुङ्गा–नौबीसे सुरुङमार्ग’ निर्माण गर्न काम थालिसकेको छ । फेब्रुअरी २०१८ देखि उक्त सुरुङमार्ग निर्माणका लागि निर्माण व्यवसायी छनोट प्रक्रिया शुरू गर्ने तयारी विभागले गरिसकेको छ । सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङमार्ग निर्माणका लागि जाइकाले सहुलियत दरमा ऋण उपलब्ध गराउनेछ । उक्त सुरुङमार्गमा पर्ने जग्गा अधिग्रहणको कामका लागि सूचना प्रकाशित भइसकेको छ । उक्त आयोजना निर्माणका लागि विभागले २०१३ फेव्रुअरीदेखि २०१५ मार्चसम्ममा विभिन्न चरणको सर्वेक्षणका आधार तय गरी निर्माणका लागि प्रस्ताव गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)