व्यक्तिगत विकास र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पार्टनरको भूमिका महत्त्वपूर्ण हुने एक अध्यनयले सुझाएको छ । सहयोगी पार्टनरले आफ्ना जीवनसाथीलाई जीवनमा आउने अवसरहरूको लाभ उठाउन सधैं प्रोत्साहन गरिरहने पर्शनालिटी एण्ड सोसियल साइकोलोजी बुलेटिन नामक वैज्ञानिक जर्नलको पछिल्लो संस्करणमा प्रकाशित एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । त्यस्तै, उसले चुनौतीहरूको सामना गर्दा आफूलाई हुने सम्भावित लाभबारे पनि लगातार कुरा गरिरहन्छ र त्यस्ता चुनौतीलाई आत्मसात् गर्न लगातार प्रेरणा पनि दिइरहने अमेरिकास्थित कानेर्जी मेलो युनिभसिर्टीका प्राध्यापक तथा प्रतिवेदनका प्रमुख लेखक ब्रुक फिनीले बताएका छन् ।
त्यस्तै, जुन पार्टनरले आफ्ना जीवनसाथीको सल्लाह र प्रोत्साहनलाई मानेर चुनौतीहरूको सामना गर्न तयार हुन्छ, उसको व्यक्तिगत विकास, खुशीको स्तर र मनोवैज्ञानिक स्वास्थ्यमा समेत वृद्धि भएको पाइएको अध्ययनमा बताइएको छ । यससँगै उनीहरूबीचको सम्बन्धमा पनि थप सुधार आएको पाइयो । अध्ययनमा १ सय ६३ जना विवाहित दम्पतीलाई एक प्रयोगशालामा ल्याइयो र हरेक दम्पतीमध्ये एक जनालाई कुनै साधारण समस्या समाधान गर्न वा पुरस्कार प्राप्त गर्न भाषण दिनेमध्ये आफूले के गर्ने हो छान्न लगाइयो । त्यसपछि अनुसन्धानकर्ताहरूले ती दम्पतीबीच भएको अन्तरक्रिया रेकर्ड गरे ।
बढीभन्दा बढी प्रोत्साहन दिने पार्टनर भएका सहभागीहरूले पुरस्कार जित्न प्रतिस्पर्धामा उत्रिने निर्णय गरे । उता, कम प्रोत्साहन दिने पार्टनरले भने आफ्ना सहभागी पार्टनरलाई बरू सिम्पल पजल नै समाधान गर्नु ठीक होला भन्ने सुझाव दिए । यसको छ महीनापछि जसले चुनौतीपूर्ण कार्य गर्न रोजेका थिए तिनीहरूको व्यक्तिगत विकास, खुशीको स्तर आफ्ना पार्टनरसँगको सम्बन्ध साधारण कार्य गर्न रोजेकाहरूको तुलनामा थप विकसित भएको अनुसन्धानकर्ताहरूले पाए । एजेन्सी