ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाञ्जरीको पनि भेण्डिङ मेशिन !

Dec 7, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

तपाईंले धेरै प्रकारका भेण्डिङ मेशिनहरू त देख्नुभएकै होला । तर, आजसम्म महिलाले लगाउने अन्तर्वस्त्र लाञ्जरी भेण्डिङ मेशिन भने देख्नुभएको छैन होला । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आगामी वर्षको फेब्रुअरी महीनामा लाञ्जरी भेण्डिङ मेशिन सार्वजनिक गरिने भएको छ । फेब्रुअरी महीनादेखि भेण्डिङ मेशिनबाट उपभोक्ताहरूले लाञ्जरी खरीद गर्न सक्ने बताइएको छ । हालै मुम्बईमा पनि यस्तै मेसिन सञ्चालनमा ल्याइसकेकी बहुराष्ट्रिय कङ्ग्लोमेरेट कम्पनी वेल्स्पन ग्रूपकी उत्तराधिकारी राधिका गोयन्काले अब भने दिल्लीमा पसल सञ्चालन गर्ने योजना बनाएकी हुन् । ‘हामीले हालै मात्र मुम्बईस्थित पेडार रोडनजीकै रहेको भामा डिपार्टमेण्टल स्टोरमा पहिलो भेण्डिङ मेशिन लञ्च गरेका थियौं र अर्को वर्षको फेब्रुअरीमा दिल्ली एयरपोर्टमा लाञ्जरी भेण्डिङ मेशिन लञ्च गर्दै छौं,’ उनले भनिन् । भेण्डिङ मेशिनबाट ‘बीमाइन’ ब्राण्ड कलेक्शनका ब्ल्याक कलरका ब्रा तथा अण्डरवेयरहरू प्राप्त गर्न सकिने बताइएको छ । लाञ्जरी खरीद गर्ने कुरामा एक स्टिरियोटाइप जोडिएको राधिकाको भनाइ छ । लाञ्जरीबारे सबैका सामु कुरा गर्नुलाई लज्जास्पद मानिन्छ । मानिसहरू सार्वजनिक रूपमा लाञ्जरीबारे कुरा गर्न र खरीद गर्न पनि हिच्किचाउँछन् । यस्तो प्रकारको धारणा परिवर्तन होस् भनेर नै यो भेण्डिङ मेशिनको लञ्च गर्न लागिएकोमा गोयन्काले जोड दिएकी छन् । नवपरिवर्तनको माध्यमबाट भारतीय लाञ्जरी उद्योगमा क्रान्ति निम्त्याउने यो एउटा सानो प्रयास रहेको गोयन्काले बताएकी छन् । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)