ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रमुखहरुलाई पनि ‘फिडब्याक’ उत्तिकै आवश्यक

Oct 8, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

प्रमुखहरुले तल्लो तहका कर्मचारीहरुलाई उनीहरुको क्षमताअनुसार ‘फिडब्याक’ दिइरहनु अत्यन्त आवश्यक मानिन्छ । कामअनुसारको स्याबासी र प्रोत्साहन दिइएमा त्यसले कर्मचारीको कार्यदक्षता मात्र नभई कार्यस्थलमा कामहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । तर, हालै गरिएको एक अध्ययनमा भने तल्लो तहका कर्मचारीलाई प्रोत्साहन गर्ने प्रमुखहरुलाई पनि ‘फिडब्याक’ दिनु आवश्यक भएको पाइएको छ । हार्भर्ड विश्वविद्यालयले प्रकाशित गर्ने हार्भर्ड बिजनेश रिभ्यू पत्रिकाले प्रकाशित गरेको उक्त अध्ययनको रिपोर्टअनुसार कार्यस्थलको दैनिक कामकारबाही र रेखदेखका अतिरिक्त नीतिनिर्माणजस्तो महङ्खवपूर्ण जिम्मेवारी लिने प्रबन्धक र प्रमुखहरु प्रायः निकै ठूलो दबाबमा रहेका हुन्छन् । यसले गर्दा उनीहरुमाथि दबाब बढ्दै जाने र समयक्रममा मानसिक रुपमा शिथिल बन्दै जाने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

यस्तो भइरहेमा कार्यस्थलको दैनिक सञ्चालनमा नै असर पर्ने रिपोर्टमा उल्लेख छ । त्यसैगरी प्रमुखहरुमा देखिने शिथिलताले कार्यस्थलको अनुशासन बिगार्ने जोखिमका अनेकौं उदाहरण पाइएका अनुसन्धानकर्ताहरुले बताएका छन् । प्रमुखहरुमा देखिने नकारात्मक परिवर्तनको जोखिम कम गर्न उनीहरुले समकक्षीहरु तथा आफूमातहतकै कर्मचारीलाई नै ‘फिडब्याक’ दिइरहन उत्पे्ररित गर्नुपर्ने रिपोर्टमा सुझाव दिइएको छ । उनीहरुका अनुसार आफूमातहतका कर्मचारीको सही परिचालनले यो समस्या केही हदसम्म घट्न सक्छ । अनुसन्धानकर्ताहरुले यसका लागि केही बुँदा उल्लेख गरेका छन् :

(१) आफूमातहतका कर्मचारीलाई कामबारे बारम्बार प्रश्न गरिरहनुहोस् । यसले गर्दा उनीहरुमा जिम्मेवारी भाव उत्पन्न हुन्छ ।

(२) कर्मचारीहरुलाई आफू उनीहरुका कुरा राम्ररी बुझ्न सक्छु भनेर आभाष दिलाउनुहोस् । यसले उनीहरुबाट विभिन्न ‘फिडब्याक’ हासिल हुन सक्छ ।

(३) त्यसैगरी मर्यादित र अनुशासित ढङ्गले गरिएका आलोचनाहरु पनि सुन्नुहोस् । यसले गर्दा कर्मचारीहरुले खुलेर कुरा गर्ने र ‘फिडब्याक’ दिने अवसर पाउँछन् ।  


Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)