ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैङ्कको सुझाव : अनलाइन भुक्तानीको सीमा नतोक

Dec 14, 2017  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । वाणिज्य बैङ्कको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले अनलाइन माध्यमबाट गरिने भुक्तानी कारोबारमा सीमा नतोक्न नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिएको छ । त्यस्तो कारोबारमा सीमा तोक्दा सर्वसाधारणलाई असहज हुने उसको भनाइ छ । सो सङ्घले मोबाइल र इण्टरनेटबाट हुने त्यस्तो भुक्तानीका लागि सुरक्षित व्यवस्था भएका कारण पनि सीमा नतोक्न सुझाव दिएको हो । मोबाइल र इण्टरनेट भुक्तानी प्रणालीको नगदरहित आर्थिक गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यस्तो सीमा नतोक्न सङ्घको आग्रह छ । विद्युतीय कारोेबार व्यवस्थित गर्दै नेपाल राष्ट्र बैङ्कले अनलाइन भुक्तानीमा सीमा तोकेपछि नेपाल बैङ्कर सङ्घले बुधवार वाणिज्य बैङ्कहरूका तर्फबाट २२ बुँदे सुझाव दिएको हो । राष्ट्र बैङ्कले उक्त सीमाबारे मङ्सिर १४ गते निर्देशिका जारी गर्दै १५ दिनभित्र बैङ्क तथा वित्तीय संस्थालाई सुझाव दिन अनुरोध गरेको थियो । सबै वाणिज्य बैङ्कको सुझाव सङ्कलन गरी राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागमा पेश गरिएको सङ्घले बताएको छ । सुझावमा डेविट कार्डको १ दिनको प्रतिपटकको शुल्क तोकिएकोमा पटके सीमा हटाउनुपर्ने भनिएको छ । डेविट कार्डबाट नगद कारोबार गर्दा न्यूनतम प्रति कारोबार रू. ५ सयदेखि अधिकतम रू. २५ हजारसम्म झिक्न पाइने राष्ट्र बैङ्कले सीमा तोकेको थियो । सो सीमाअनुसार १ दिनमा ४ कारोबारबाट अधिकतम रू. १ लाखसम्म झिक्न पाइने व्यवस्था थियो । यसमा पनि सङ्घले प्रतिपटक हटाउन आग्रह गरेको छ । राष्ट्र बैङ्कले विप्रेषण रकम भुक्तानी गर्ने सम्बन्धमा एजेण्ट वा सबएजेण्टहरूले सम्बन्धित विप्रेषण कम्पनीहरूको प्रणाली (सिष्टम) प्रयोग गरी स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्न नपाइने व्यवस्था गरेको थियो । यसमा वाणिज्य बैङ्कले केही सुधार गर्न आवश्यक भएको औंल्याएको छ । यसका साथै सङ्घले ‘पोइण्ट अफ सेल मेशिन’ (कार्डबाट बिल भुक्तानी गर्ने मेशिन) बाट रकम भुक्तानीको सीमा तोक्ने अधिकार सम्बन्धित बैङ्काई नै दिनुपर्नेमा जोड दिएको छ । अहिले देशमा होटल, मल, सपिङ सेण्टर आदिमा यस्ता मेशिनको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैङ्कले मोबाइल बैङ्किङको सीमाका साथै बैङ्क तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल र इण्टरनेट बैङ्किङ सेवालगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारको छुट्टाछुट्टै सीमा तोकेको थियो । यस्ता विद्युतीय कारोबार, ट्रान्सफर, वस्तु तथा सेवा खरीदको भुक्तानी तथा विप्रेषण कम्पनीहरूबाट हुने भुक्तानी कारोबारमा एकरूपता कायम गर्न नेपाल राष्ट्र बैङ्कले सीमा तोकेको हो । यसका साथै जोखीमलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्न राष्ट्र बैैङ्कले सीमा निर्धारण गरेको बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ranjit sah

[Jul 5, 2020 12:46am]

Thanks



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)