ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पेसमा पाँचतारे होटल !

Jan 2, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

रुसले स्पेसमा पाँच तारे होटल बनाउने तयारी गरीरहेको छ । रुसको स्पेस एजेन्सी रोस्कस्मसले इण्टरनेशनल स्पेस स्टेशन (आइएसएस) मा होटल बनाउने तयारी गरेको हो । सन् २०२२ सम्म रुसले आइएसएसमा अन्तरराष्ट्रिय पर्यटक भित्र्याउने योजना बनाएको छ । ‘लक्जरी अर्बिटल सुइट’को नाम दिइएको सो होटलमा दुई चारओटा निजी क्याबिन हुनेछ र यो प्रत्येक क्यबिन दुुई क्युबिक मिटरको हुने बताइएको छ । यससँगै प्यासेन्जरले पृथ्वीतिर हेर्न सक्ने ठाउँ पनि बनाइएको छ । तर यहाँ बस्न त्यति सस्तो भने छैन । एकदेखि दुई हप्तासम्मको बसाइका लागि पर्यटकहरुले प्रति व्यक्ति ४ करोड डलर मूल्य चुकाउन पर्ने बताइएको छ । त्यस्तै यदि उनीहरुले आफ्नो बसाई थप एक महीनासम्म बढाएमा उनीहरुले अतिरिक्त २ करोड डलर तिर्नु पर्नेछ । यो पाँच तारे होटलमा १६ इञ्चको एक झ्याल र ठूलो लाउञ्न एरिया पनि हुने बताइएको छ । त्यस्तै त्यहाँ दुई ओटा हाइजिन र मेडिकल स्टेशन, व्यायाम उपकरण र वाई फाइको समेत व्यवस्था गरिने यस मामिलासँग सम्बन्धित स्रोतले बताएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)