ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पतिकी प्रेमीकालाई भगाउने ‘लभ हस्पिटल’ !

Jan 2, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

अस्पतालमा विभिन्न प्रकारका रोगको उपचार हुने गरेको कुरा त हामी सबैलाई थाहै छ । तर चीनमा भने एउटा नयाँ उद्योगको उदय भएको छ जसले त्यस्ता महिलालाई सहयोग गर्छ जसको पति अर्कै महिलासाग प्रेममा फसेको हुन्छ । चीनको साङ्हाईमा खुलेको ‘वेछिङ् लभ हस्पिटल’ ले यस्तो सेवा दिन थालेको हो । उसको सेवालाई ‘मिस्टे«स डिस्पेलर सर्भिस’ नाम दिइएको छ । यसबाट सेवा लिने ग्राहकहरुले हजारौं डलर समेत तिर्दै आएको बताइएको छ । यसबाट सेवा लिएर लाभ भएको अनुभव गर्नेको सङ्ख्या पनि ठूलै भएको पाइएको छ । धोकेबाज पतिबाट वाक्क भएकाहरुलाई वेछिङ्का सह–संस्थापक मिङ् लिले हप्तौं लामो परामर्श दिन्छिन् । यसमा पीडितहरुलाई सकारात्मक रहन, र आफ्नो पतिसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक निर्वाह गन सिकाइन्छ । यसका साथै सेवा लिन आउने ग्राहकहरुलाई आफ्ना पार्टनरको ध्यान अन्त जानबाट कसरी रोक्न सकिन्छ भन्ने कुराहरु पनि सिकाइने बताइएको छ । यस सेवामा हजारौं डलर खर्च हुने भएपनि यो पतिसँग छोडपत्र गर्नुभन्दा चाहिँ धेरै राम्रो विकल्प रहेकोमा ढुक्क हुन सकिने यो सेवा लिने एकजनाले नाम नबताउने शर्तमा भनिन् । विगत १७ वर्षदेखि सञ्चालन भइरहेको लभ हस्पिटलले लाखौं ग्राहकहरुलाई सेवा दिइसकेको छ । यसमा वैवाहिक सम्बन्धलाई टिकाइराख्न र पतिलाई उसको ‘मिष्ट्रेस’ बाट छुटाउने उपाय अपनाउन सिकाइन्छ । आफूहरुसँग मिष्ट्रेस डिस्पेल गर्ने ३३ ओटा तरिकाहरु रहेको कम्पनीका अर्का सहसंस्थापक सु सिन बताउँछन् । विवाहमा हरेक प्रकारका समस्याहरु हुन्छन् र तीमध्ये एउटा हो विवाहेत्तर सम्बन्ध । यो परिवारका लागि त नराम्रो हुँदै हो नै । साथै यो सामाजिक स्थायित्वको लागि समेत खतरनाक कुरा हो । त्यसैले यो धेरै नै गम्भिर मामिला पनि रहेको उनीहरुको भनाइ छ । सु सिनले ‘मिष्ट्रेसस डिस्पेल’ गर्न चार प्रमुख उपायमा जोड दिएका छन् । एउटा हो मिष्ट्रेसलाई अरु नै कसैसँग प्रेम गर्न प्रेरित गर्ने । दोस्रो ती पतिको हाकिमलाई भनेर उसलाई अन्त कुनै शहरमा सरुवा गराइ माग्ने । तेस्रा, यस मामिलामा अभिभावक र साथीभाइहरुलाई पनि समावेश गर्ने । र चौथो, मिष्ट्रेसको अगाडि पतिका नराम्रा बानीहरुको बखान गरेर मिष्ट्रेसलाई पतिसँग छुट्टिन प्रेरित गर्ने । अरु २९ ओटा उपाय चाहिँ व्यावसायिक गोपनियताका कारण सञ्चार माध्यममा बताउन नमिल्ने सुले बताए । धनाढ्य पुरुषले एक वा एकभन्दा बढी ‘मिष्ट्रेस’ राख्नुलाई सामान्य रुपमा लिने चीनजस्तो राष्ट्रका लागि यो सेवा सामाजिक सेवा जस्तै भएको बताइएको छ । एक सरकारी सञ्चार माध्यममा प्रकाशित सर्वेक्षण प्रतिवेदनअनुसार चिनियाँ राष्ट्रपति सि चिनपिङले चलाएको भ्रष्टाचार विरोधी अभियानमा दोषी ९५ प्रतिशत सरकारी अधिकारीहरुले एक वा सोभन्दा बढी मिष्ट्रेस राखेको पाइयो । यो कम्पनी चाँडै नै शाङ्हाई स्टक एक्सचेञ्जमा सूचीकृत हुने आशा समेत व्यक्त गरिएको छ । मिस्ट्रेस एउटा ट्युमर जस्तै रहेको र त्यसकारण सबैभन्दा पहिला त यसबाट मुक्ति पाउन आवश्यक हुने कम्पनीका सञ्चालकहरु बताउँछन् । त्यसपछि दम्पतिबीचको सम्बन्धमा सुधार आउँछ । लभ हस्पिटलमा सिक्ने ज्ञान गाडी चलाउन सिके जस्तै हो र चालक अनुमतिपत्र प्राप्त गर्न धेरै नै कठिन हुन्छ । उनीहरुले सेवा लिन आउनेहरुलाई सडकमा गाडी सुरक्षित ढङ्गले चलाउने सहि बाटो मात्र सिकाउने हो । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)