ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नौ महीनापछि प्रशोधन मेशिन प्रयोग

Jan 5, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतअन्तर्गत बहुमूल्य पत्थर प्रशोधन तथा प्रशिक्षण केन्द्रमा राखिएको ‘बिट्स क्यालिबे्रशन’ र ‘बिट्स प्री फर्मिङ’ मेशिन प्रयोग गर्न थालिएको छ । बहुमूल्य पत्थरहरूको प्रशोधन गर्ने र आकार नाप्ने यी दुई मेशिन दक्ष जनशक्ति अभावका कारण ९ महीनापछि मात्र सञ्चालनमा आएका हुन् । जाजरकोटलगायतका पहाडी जिल्लामा पाइने पत्थरलाई प्रशोधन गरी बहुमूल्य बनाउन मेशिन ल्याइएको हो । तर, प्रशोधनका लागि ल्याएको मेशिन सञ्चालनमा नआउँदा केन्द्रमा प्रशिक्षार्थीलाई प्रशिक्षण दिन समस्या भएको थियो । मेशिन सञ्चालन भएसँगै पत्थरबाट आकर्षक माला, पोतेलगायतका सजावट एवम् महँगो गहना निर्माण गर्न सहज हुने भएको छ । बहुमूल्य पत्थरहरूलाई ‘बिट्स क्यालिबे्रशन’ मेशिनले शुद्ध बनाउँछ भने ‘बिट्स प्री फर्मिङ’ले टुक्रिएका पत्थरलाई प्रयोगयोग्य बनाउँछ । विश्वकै उच्च स्तरका रत्नपत्थरहरू पाइने यस प्रदेशका विभिन्न जिल्लाबाट उक्त केन्द्रका लागि कच्चा पदार्थ आउने गरेको छ । ‘विगतका वर्षमा कच्चा पदार्थ भारत जान्थ्यो,’ समितिका प्रमुख शम्भुप्रसाद पौडेलले भने, ‘अब हामी सुर्खेतबाटै बहुमूल्य सामग्री उत्पादन तथा विक्रीवितरण गर्न सक्छौं ।’ मेशिनले उत्पादन गरेको सामग्री काठमाडौंको ठमेल, पोखरालगायतका नेपाली बजारमा माग बढ्दो छ । साथै, हङकङ, थाइल्याण्ड, बैङ्कक जस्ता बाह्य मुलुकहरूमा समेत यस्ता सामग्रीको माग छ । पौडेलका अनुसार रू. ९ लाख ४५ हजार लागतमा उक्त मेशिनहरू ल्याइएको हो । बहुमूल्य पत्थर प्रशोधन तथा सामग्री उत्पादनका लागि प्रदेशस्तरमा पहिलोपटक यो मेशिन ल्याइएको उनले दाबी गरे । भारतको जयपुरबाट ल्याइएको उक्त मेशिन सञ्चालनमा आएसँगै दक्ष कालिगढ उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ । प्रदेश नम्बर ६ को कालीकोट र जाजरकोटमा काइनाइट र टुर्मालिन नामको बहुमूल्य पत्थर पाइन्छ । ती पत्थरबाट उत्पादित सामग्रीको माग तेस्रो मुलुकमा बढ्दो रहेकाले प्रदेश नम्बर ६ लाई आर्थिक र औद्योगिक रूपमा सबल बनाउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)