ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला शिक्षककहाँ सहयोगको अनुरोध धेरै !

Jan 7, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

महिलाको हृदय पुरुषको तुलनामा कोमल हुन्छ भन्ने मान्यता छ । त्यसैले होला परीक्षामा प्राप्ताङ्क बढाइदिन र गृहकार्य पेश गर्नुपर्ने समयसीमा बढाइदिने अनुरोध पुरुष प्राध्यापकको तुलनामा महिलाकहाँ बढी आउने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकास्थित इष्टर्न वाशिङ्टन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको सेक्स रोल्स नामक जर्नलको पछिल्लो संस्करणमा छापिएको अध्ययनले यस्तो देखाएको हो । प्राज्ञिक क्षेत्रमा काम गर्ने महिलामाथि धेरै काम सम्पन्न गर्नुपर्ने दबाब पनि पुरुषको भन्दा बढी हुने उनीहरू बताउँछन् । अमेरिकाका ८८ जना प्राध्यापकमाथि गरिएको सर्वेक्षणअनुसार पुरुषको तुलनामा महिला प्राध्यापकले विद्यार्थीहरूबाट बढी सहयोगको अनुरोध पाउँछन् । त्यसैगरी, आफ्ना विद्यार्थीसँग महिला प्राध्यापकहरूको सम्बन्ध मित्रवत् हुने पाइएको छ । यी सकारात्मक कुरा भए पनि यस्तो मित्रवत् व्यवहारले विशेष किसिमको सहयोगका लागि अनुरोध बढाएर महिला प्राध्यापकमा भावनात्मक भार थप्ने तथ्य फेला परेको छ । महिला प्राध्यापकबाट विद्यार्थीहरूले कतिको सहयोग अपेक्षा गर्छन् भन्ने पत्ता लगाउन १ सय २१ जना कलेजका विद्यार्थीमाथि छुट्टै सर्वेक्षण गरिएको थियो । यसमा शैक्षिक प्रदर्शन जस्तो भए पनि सफलता पाउने आशा गर्ने विद्यार्थीले महिला प्राध्यापकलाई थप सहयोगका लागि अनुरोध गर्ने र सहयोग गर्न नमाने ती विद्यार्थीहरूले नकारात्मक प्रतिक्रिया दिने सम्भावना बढी पाइयो । यस अनुसन्धानले विद्यार्थीहरूले महिला प्राध्यापकलाई कस्तो व्यवहार गर्छन्, कस्ता प्रकारका विद्यार्थीले पुरुष प्राध्यापक र महिला प्राध्यापकलाई भिन्न तरीकाले व्यवहार गर्ने सम्भावना बढी हुन्छ जस्ता कुराबारे जानकारी दिएको प्रतिवेदनकी प्रमुख लेखिका अमानी एल अलाइलीले भनिन् । महिला प्राध्यापकले अनुरोध स्वीकार नगरेको स्थितिमा उच्च शैक्षिक सम्भावना बोकेका विद्यार्थीहरू बढी निराश हुने गरेको अध्ययनमा पाइयो । त्यस्तै, महिला प्राध्यापकले आफूलाई मन नपराएर अनुरोध अस्वीकार गरेको निष्कर्ष धेरैको रहेको पनि अध्ययनले देखाएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)