ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महोत्सव हुनुभन्दा पाँच दिनअघि नै २ लाखको टिकट विक्री

Jan 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
पुस २४, म्याग्दी । पुस २८ गतेदेखि म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सव शुरु हुनभन्दा पाँच दिनअघि नै रू २ लाखभन्दा बढीको टिकट विक्री भएको छ । महोत्सवमा ५० वर्ष अगाडिको म्याग्दी जिल्लाको फोटो प्रदर्शनी हुने भएपछि आइतवार एकै दिनमा रू. २ लाख ४ हजारको टिकट विक्री भएको म्याग्दी महोत्सवको आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । ‘महोत्सवमा ५० वर्ष अघिको म्याग्दी देखाइने जानकारी पाएपछि टिकट खरीद गर्नेहरूले सम्पर्क गर्न थालेका छन्’ शाक्यले भने । महोत्सवको आकर्षण मानिएको फोटो प्रर्दशनीमा वि.सं. २०२२ सालमा म्याग्दी जिल्लामा आएर अमेरिकी नागरिकले खिचेका तस्वीरहरूलाई प्रर्दशनीमा राखिने फोटो प्रर्दशनी संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका कार्य समिति सदस्य भोज बहादुर रिजालले बताए । ‘अघिल्लो पुस्ताको दैनिकी, त्यतिबेलाको जनजीवन, भूगोल र सम्पदाहरूलाई फोटो प्रर्दशनी स्टलमा देखाउने छौं । यो साझा फोटो प्रर्दशनी भएकाले दुर्लभ तस्वीरहरू रहने छन्’ रिजालले भने । हालसम्म करीब १ सय २० ओटा फोटो छनोट भएको बताउँदै रिजालले जसमा प्राचिनकालको बेनीबजार सहित जिल्लाका दुर्गम क्षेत्र र अहिलको अवस्थालाई झल्कने तस्वीरहरू समेत रहेको जानकारी दिए । जिल्लामा पहिलो पटक यस्ता दुर्लभ फोटोहरूको प्रर्दशनी गर्न लागिएको हो । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा अत्याधिक दर्शक भित्र्याउने गरी आयोजकले तयारीलाई तीव्रता दिएका छन् । महोत्सवस्थलमा १ सय ८० ओटा विभिन्न व्यापारिक स्टलहरू रहनेछन् । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरूलाई म्याग्दी भित्र्याउने लक्ष्य राखिएको छ भने करीब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)