ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चकलेटको अस्तित्व खतरामा !

Jan 9, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

चकलेट सबैलाई मनपर्ने खानेकुरा हो । यो मन नपर्ने सायदै कोही होलान् । तर, यसको अस्तित्व खतरामा रहेको एक अध्ययनले देखाएको छ । हाल विश्वमा बढिरहेको जलवायु परिवर्तनका कारण सन् २०५० को शुरुआततिर यसको अस्तित्व नै समाप्त हुन सक्ने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले गरेको अध्ययनले देखाएको छ । सुख्खा मौसम र विश्वव्यापी तापक्रममा भइरहेको वृद्धिले चकलेट बनाउन आवश्यक पर्ने कोका प्लाण्टको अस्तित्व खतरामा पर्ने उनीहरू बताउँछन् । अनुसन्धानकर्ताहरूले जेनेटिक इडिटिङ प्रविधि (क्रिस्पर)को प्रयोग गरेर वातारणीय चुनौतीका बीच पनि बाँच्न सक्ने बिरुवा उमार्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरिरहेका छन् । उनीहरू खाद्य तथा क्याण्डी कम्पनी मार्ससँग सहकार्य गरेर कोकाको वीजलाई क्रिस्प प्रविधिको प्रयोगबाट तातो वातावरणमा पनि हुर्किन सक्ने बनाउने तयारीमा छन् । कोका बिन्स इक्वेटरको उत्तर र दक्षिणमा पानी परिरहने औसत २० डिग्री रहेको जङ्गली र चिस्यान क्षेत्रमा मात्र हुर्किन सक्छ । कोका बिन्स उत्पादन हुने कोकाको रुख हुर्किन चिसो तापक्रम नै सबैभन्दा उत्कृष्ट हो । विश्वमा बढिरहेको जलवायु परिवर्तन र त्यसका प्रभावसँगै बढिरहेको रोगका कारण माटोबाट चिस्यान सकिने र सन् २०५० सम्म विश्वका अधिकांश क्षेत्रमा उत्तम जातिको बाली उत्पादनमा समस्या उत्पन्न हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । समस्या त के छ भने अधिकांश कोका मल र विषादी किन्न नसक्ने गरीब किसानले उत्पादन गर्छन् । विश्वमा उत्पादन हुने ९० प्रतिशतभन्दा बढी कोका थोरै जमीन भएका र बिरुवा हुर्काउने सामग्रीको उपलब्धता नभएका परिवारले गर्ने गरेका छन् । यो तथ्यले आगामी केही वर्षदेखि वार्षिक १ लाख टनका दरले चकलेट उत्पादन घट्ने सङ्केत गर्दछ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)