ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टफोनबाट सपिङ गर्न हिच्किचाहट !

Jan 9, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
मानिसहरू अनलाइन सपिङ गर्न किन हिच्किचाउँछन् भन्ने कारण पत्ता लागेको एक अध्ययनले देखाएको छ । स्मार्टफोन र टयाब्लेटको प्रयोग गरेर अनलाइन सपिङ गर्दा एप्लिकेशनमा सामानहरूको पुरा चित्र नदेखिने वा केही स्पेशल अफरहरू छुट्न सक्ने र त्यसको मूल्य पनि राम्ररी नदेखिने हुँदा उपभोक्ताहरू स्मार्टफोनबाट सपिङ गर्न त्यति राम्रो नमान्ने गरेको बेलायतस्थित युनिभर्सिटि अफ इष्ट एङ्गिल्या (यूईए) का अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको हो । अनलाइन सपिङ गर्दा सुरक्षित हुने र गोप्य पनि रहने हुँदा उपभोक्ताहरूले सामान लिने सोच बनाए पनि पछि पैसा नतिरिकनै उनीहरूले सपिङको योजना रद्ध गर्ने गरेको पाइएको छ । हाल अनलाइन सपिङ गर्दा मोबाइल एप्लिकेशनको प्रयोग लोकप्रिय बन्दै गएको भएपनि डेस्कटपमा आधारित अनलाइन सपिङको तुलनामा मोबाइल सपिङमा हुने खारेजीका घटना धेरै नै रहेको अनुसन्धाकर्ताहरू बताउँछन् । बजार अनुसन्धान संस्था क्रिटियोले बताएअनुसार सन् २०१६ मा विश्वमा मोबाइलबाट भएको इ–कमर्श ट्राफिकको हिस्सा बढेर ४६ प्रतिशतमा पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, यसबाट भएका २७ प्रतिशत खरीदारीले मात्र मूर्त रुप पाउने गरेको उनीहरूको भनाइ छ । यसले अनलाइन रिटेलरहरूले मोबाइल सपिङमा धेरै नै खर्च गरिरहेको तर यसको सफल विक्रीको स्वाद भने चाख्न नपाएका कारण उनीहरूले ठूलो चुनौतीको सामना गर्नुपरिरहेको संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले ताइवान र अमेरिकी उपभोक्ताहरूले सन् २०१६–१७ को अनलाइन सपिङ तथ्याङ्कको अध्ययन गरेर यस्तो बताएका हुन् । स्मार्टफोनबाट सपिङ गर्दा हुने हिच्किचाहटको प्रकृति र कारण दुवै देशमा समान रहेको अध्ययनमा पाइयो । यसैक्रममा, उपभोक्ताहरूले मोबाइल एप्लिकेशनलाई सामान खरीद गर्ने माध्यमभन्दा पनि बढी सामानबारे अध्ययन र अनुसन्धान गर्न प्रयोग गर्ने गरेको पाइएको छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)