ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय गौरवका आयोजनामा निर्माण सामग्री अभाव

Jan 10, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पुस २६, पर्वत । पर्वत जिल्लामा निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय महत्वका आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । जिल्लामा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग, तल्लो मोदीखोला जलविद्युत आयोजना, मध्य मोदी जलविद्युत आयोजना लगायतका राष्ट्रिय गौरव र महत्वका आयोजना निर्माणाधिन छन् । ‘आवश्यक बालुवा र गिट्टी नहुँदा काम रोकियो’ कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका सञ्चालक ओमप्रसाद गौचनले भने, ‘पुल ढलानका लागि बालुवा र गिट्टी नपाएपछि काम गर्न अप्ठ्यारो परेको छ ।’ स्काभेटर प्रयोग गरी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न नपाएको भन्दै क्रसर व्यवसायीले निर्माण सामग्री आपुर्ति नगर्दा आयोजनाहरुको निर्माण कार्य प्रभावित भएको हो । ठुला आयोजनाहरूले निर्माण सामग्री आँफै उत्पादन गर्ने प्रावधान भएपनि स्थानिय क्रसर व्यवसायीसँग ति आयोजनाले अपुग सामग्री खरीद गर्दै आएका छन् । पर्वतमा सञ्चालित क्रसर उद्योगहरूले नियमति रुपमा निर्माण सामग्री दिन नसकेपछि निर्माणको अन्तिम चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य प्रभावित बनेको छ । ‘सुरुङ्गमा कङ्क्रिटीङ गर्दै छौँ’, आयोजनाका प्रोजेक्ट म्यानेजर धुर्व मिश्रले भने, ‘हामीले उत्पादन गरेको सामग्रीले काम गर्न अप्ठ्यारो हुन्छ, क्रसर व्यवसायीहरुले निर्माण सामग्री दिन सकेनन् ।’ आयोजनाको सिभिल तर्फको ठेकेदार कम्पनीले मोदीखोला किनारमा नै क्रसर सञ्चालन गरे पनि यहाँ उत्पादित सामग्री अप्रर्याप्त हुँदा स्थानीय व्यवसायीहरुसँग खरीद गर्दै आएको मिश्रले बताए । मध्य पहाडी राजमार्ग अन्र्तगत पोखरा–बागलुङ्ग राजमार्गको स्तरोन्नतीको काम समेत सामग्रीको अभावले प्रभावित भएको छ । स्तरोन्नतीमा काम गरिरहेका श्रेष्ठ–दिवा–एपेक्स जेभीका कम्पनी प्रतिनिधी काशीराज बोहराले क्रसर उद्योगले पर्याप्त मात्रामा निर्माण सामग्री नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पर्वतमा दुई वटा मात्र क्रसर उद्योग छन् । यी उद्योगहरुले उत्खननमा खुकुलो नीति नहुँदा निर्माण सामग्री माग अनुसार उत्पादन गर्न नसकेको बताएका छन् । नदीबाट स्काभेटर प्रयोग गर्न नपाईने नियमका कारण निर्माण सामग्री उत्पादन गर्न समस्या भएको ओम श्री दक्षिणकाली क्रसर उद्योगका प्रबन्ध निर्देशक विप्लब हमालले बताए । ‘नदीबाट स्काभेटर प्रयोग गरी कच्चा पदार्थ निकाल्न नपाउँदा मजदुरले निकालेको सामग्री ठुला आयोजनालाई दिने गरी उत्पादन नै गर्न सकिँदैन’, हमालले भने, ‘वातावरणीय असर नपर्ने गरी उत्खनन गर्ने व्यवस्था भए निर्माण सामग्री पुर्‍याउन सहज हुन्छ ।’ जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले राष्ट्रिय गौरबका आयोजनामा निर्माण सामग्री कहाँबाट ल्याउने भनेर उनीहरुले ठेक्का सम्झौतामा नै उल्लेख हुने भएकाले यसरी एक दुई वटा क्रसरको भर पर्नु नपर्ने बताउँछन् । ‘सामग्रीको साँचो अर्थमा अभाव भएको भए अनुगमन समितिले गर्न सक्ने सम्भाव्य उपाय सबै गर्न तयार छ’ उनले भने, ‘समाधान सहितको विकल्पका बारेमा छलफल गर्नुभन्दा प्रायोजित हल्ला बढी चलाईयो जस्तो देखिएको छ ।’ तल्लो मोदीखोला जलविद्युत आयोजनामा रहेको क्रसरले अन्यत्र सामग्री समेत विक्री वितरण गरेको गुनासो आएपछि छानबिन भैरहेको उनले बताए । आफुले उत्पादन गरेको सामग्री बाहिर विक्री गर्न मिल्दैन, तर बाहिर विक्री गरेर अभावको हल्ला चलाएको उनको भनाई छ । पन्थीले वातावरणीय प्रभाव मुल्याङ्कन भएका ठाउँमा निश्चित मात्रामा निर्माण सामग्री उठाउने व्यवस्था मिलाइएको बताउँदै केही समस्याहरु भए समाधान गरिने जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)