ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोडीघोडाको दोस्रो साधारणसभाः रोजगारी सिर्जनामा माइक्रो फाइनान्सको भूमिका महत्वपूर्ण

Jan 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
पुस २७, धनगढी । ग्रामीण अर्थतन्त्र चलायमानसँगै रोजगारी सिर्जनामा पनि माइक्रोफाइनान्सको भूमिका महत्वपूर्ण भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । धनगढीमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागीहरूले ग्रामीण अर्थतन्त्रलाई स्थानीयस्तरमै परिचालन गरी विशेषगरी ग्रामीण महिलाहरूको आय–आर्जनमा माइक्रो फाईनान्सहरूको योगदान बढेर गएको बताएका हुन । कञ्चनपुरको बेलौरीमा कर्पोरेट कार्यालय रहेको घोडीघोडा लघुवित्तले आफ्नो दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआइसी एसिया बैङ्क प्रदेश नम्बर ७ का क्षेत्रीय प्रवन्धक टेकराज भट्टले विपन्न समुदायलाई सामुहिक जमानीमा ऋण लगानी गरी छरिएर रहेको पूँजीलाई उत्पादनमुखी बनाएर घोडीघोडा लघुवित्त वित्तीय संस्था संस्थागत मुनाफातर्फ उन्मुख भएको धारणा राखे । प्रवन्धक भट्टले आय–आर्जनको कुनै स्रोत नभएका विपन्न समुदायका परिवारलाई विनाधितो सामुहिक जमानिको आधारमा ऋण लगानी गरेर रोजगारी सिर्जनामा पु¥याएको योगदानको राज्यले उच्च मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए । विशेषगरी राना, थारु, चौधरी समुदाय आवद्ध उक्त संस्थाले छोटो समयमै अपेक्षाकृत वित्तीय प्रगति हासिल गरेकोमा शेयरधनीहरूले आफ्नो संस्थाको भविष्य दिर्घकालीन भएको भन्दै आगामी दिनहरूमा थप शाखा विस्तारमा विशेष जोड दिनुपर्ने बताएका छन् । बेलौरीमा कर्पोरेट कार्यालय रहेको उक्त संस्थाले करीब एक वर्षअघि धनगढीमा शाखा स्थापना गरेको थियो । एक महीना भित्रै कैलालीमा दुईवटा शाखा विस्तार गर्ने योजना अनुरुप काम भइरहेको संस्थाले र डोटीमा पनि छिट्टै शाखा विस्तार गरिने संस्थाले बताएको छ । १० जिल्ला कार्यक्षेत्र रहेने गरी संस्थाले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नुनारायण चौधरीले संस्थाले हालसम्म रू. ७ करोड ८७ लाख ९८ हजार कर्जा लगानी गरेको बताए । संस्थाले सञ्चालन मुनाफाबापत रू. ३ लाख ५२ हजार आम्दानी गरेको छ । केन्द्र तथा समूहबाट गरी ३४ लाख ५३ हजार रुपैयाँ संस्थामा बचत रहेको उनले बताए । संस्थामा ८३ केन्द्र, २ सय ४० समूहका गरी अहिलेसम्म कुल एक हजार तीनसय ग्राहक रहेका छन् । वित्तीय संस्थाको अधिकृत पूँजी रू. १० करोड रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत चौधरीले जारी चुक्तापूँजी रू. २ करोड १२ लाख ५० हजार तथा चुक्तापूँजी रू. १ करोड १० लाख ५० हजार रहेको बताए । पहिलो साधारणसभाबाट भएको निर्णयअनुसार जारी पूँजीमा ३० प्रतिशतले वृद्धि गरी रू. २ करोड ७६ लाख २५ हजार पुर्‍याउने र संस्थापकहरूले चुक्ता गरेको पूँजी रू. १ करोड १० लाख ५० हजारमा ३० प्रतिशतले वृद्धि गरी रू. १ करोड ४३ लाख ६५ हजार पु¥याउने गरी प्रबन्धपत्रमा संशोधन स्वीकृती गराउने कार्य अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिए । संस्थाका कुल ऋणि सङ्ख्या यो अवधिसम्ममा ७ सय ६९ पुगेको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)