ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठभित्रै काठमाडौंमा १७ नयाँ बस

Jan 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । आगामी वैशाख–जेठसम्ममा काठमाडौंमा थप १७ ओटा ठूला नयाँ बस सञ्चालनमा आउने भएका छन् । काठमाडौंको गोंगबु–भद्रकाली–सिनामङ्गलसम्मको रूटमा सञ्चालन हुँदै आएका माइक्रो बस र टेम्पो गरी ६१ ओटाका ठाउँमा ती बस सञ्चालन हुने काठमाडौं दिगो शहरी आयोजनाअन्तर्गतको आयोजना व्यवस्थापन तथा समन्वय कार्यालयका आयोजना निर्देशक अनन्त आचार्यले जानकारी दिए । ती बस दिगो शहरी यातायात प्रालिमार्पmत सञ्चालनमा आउने भएका हुन् । आचार्यका अनुसार ती बसमा एशियाली विकास बैङ्क (एडीबी)को १५ प्रतिशत अनुदान र बस निर्माण कम्पनीको ५ प्रतिशत लगानी रहनेछ । बाँकी ८० प्रतिशत लगानी भने ५ प्रतिशत ब्याजमा ऋण लिएर जुटाइने छ । ती बस किन्न करीब रू. ६ करोड ९७ लाख आवश्यक पर्ने देखिएको छ । एउटा बस किन्न रू. ४१ लाख लाग्ने देखिएको छ । उनले भने, ‘उक्त रूटमा चलिरहेका माइक्रो र टेम्पोले रूट छोडे प्रतिमाइक्रोबस/टेम्पोलाई रू. ५० हजार अनुदान उपलब्ध गराइनेछ ।’ उनका अनुसार त्यस्ता बस/टेम्पो काठमाडौंबाहिर गए थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने विषयमा पनि गृहकार्य भइरहेको छ । उक्त रूटमा चल्ने बसका लागि आयोजनाले नै बस बिसौनी निर्माण गरिदिने पनि आचार्यले बताए । आयोजनाले ट्राफिक व्यवस्थापनका लागि काम गर्दै आएको छ । उपआयोजना निर्देशक विमल सुवेदीले माइक्रोबस र टेम्पोलाई स्थानान्तरण गरी ठूला बस सञ्चालन गर्न आवश्यक काम भइरहेको जानकारी दिए । पहिलो चरणमा उक्त रूटमा बस सञ्चालन गर्न प्रक्रिया शुरू भइसकेको छ । आयोजनाले ट्राफिक व्यवस्थापन गर्न नयाँ ६६ ओटा रूट निर्धारण गरी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागलाई उपलब्ध गराइसकेको छ । आयोजनाले मझौला तथा ठूला बस सञ्चालनका लागि प्रोत्साहन गर्ने बताइएको छ । पछिल्लो समयमा बढ्दो शहरीकरणसँगै जनसङ्ख्याको पनि अत्यधिक चाप बढेको तर ठूला सवारीसाधनको प्रयोग कम हुँदा यात्रुहरूले निकै सास्ती पाउँदै आएका छन् । यात्रुको सङ्ख्या अधिक रहेको तर ठूला तथा मझौला बसको व्यवस्थापन नहुँदा पनि समस्या हुँदै आएको छ । शहरी क्षेत्रमा निजी सवारीको बढ्दो प्रयोग र पुराना साना आकारका सवारीहरूले माग धान्न नसक्दा सम्बन्धित निकायले ठूला बसहरू सञ्चालनलाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय साझा यातायात, सिटी, महानगरलगायतले ठूला बसहरू सञ्चालन गरिरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)