ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९८ प्रतिशतलाई भूकम्पको दाबी भुक्तानी

Jan 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पबाट भौतिक संरचना र सम्पत्ति क्षति भई दाबी परेका बीमितमध्ये ९८ प्रतिशतको दाबी भुक्तानी गरिसकिएको छ । निर्जीवन बीमा कम्पनीमा परेको कुल दाबीमध्ये असोज मसान्तसम्ममा ती बीमितले क्षतिपूर्ति पाइसकेको समितिको तथ्याङ्कले देखाएको छ । विकसित मुलुकमा विभिन्न प्राकृतिक प्रकोपको दाबी भुक्तानी गर्न एक दशकसम्म लाग्ने गरे पनि नेपालमा भने भूकम्पको दाबी भुक्तानी छिटै भएको बीमा समितिले बताएको छ । समितिका अनुसार रकमका आधारमा भने करीव ८१ प्रतिशत भुक्तानी भइसकेको छ । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै विभिन्न निर्जीवन बीमा कम्पनीमा जम्मा १७ हजार ७ सय ९८ दाबी परेको थियो । त्यसमध्ये १७ हजार ४ सय ४२ जना बीमितको दाबी भुक्तानी र फर्छ्योट भइसकेको हो । सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीमध्ये एनबी इन्स्योरेन्सबाहेकका कम्पनीले गत असोज मसान्तसम्ममा समितिमा बुझाएको विवरणले यस्तो देखाएको हो । रकमका आधारमा कुल रू. १६ अर्ब ४२ करोड ९० लाखको दाबी परेकोमा सो अवधिसम्ममा रू. १३ अर्ब २६ करोड ५ लाख रकम फर्छ्योट भइसकेको समितिको तथ्याङ्क छ । समितिका अनुसार भुक्तानी फर्छ्योट भएको कुल रकममध्ये रू. ६ अर्ब ३१ करोड ६७ लाख पुनर्बीमाबाट प्राप्त हो । दाबी भुक्तानी प्रक्रियामा बीमित सम्पत्ति तथा संरचनाको क्षति, स्थलगत सर्वेक्षण र बीमा कम्पनीको तालमेल नमिलेमा भुक्तानी फर्छ्योटमा केही ढिलाइ हुनु स्वाभाविक भएको समितिका उपनिर्देशक धु्रव तिमल्सिनाले बताए । समितिका अनुसार बीमक कम्पनीहरूले भूकम्पबाहेक अग्नि, मोटर, सामुद्रिक, इञ्जिनीयरिङ र विविध बीमा शीर्षकअन्तर्गतका क्षतिको दाबी भुक्तानी गरेका छन् । बीमा कम्पनीहरूले दाबी रकम भुक्तानी गर्दै गएको भए पनि ठूला कम्पनी तथा जटिल मानिएका बीमाको दाबी रकम फर्छ्योटमा ढिलाइ भएको बीमा कम्पनीहरूको भनाइ छ । समितिका अनुसार भूकम्पपछि दाबी गरिएका ठूला, विवादित र जटिल बीमाको दाबी सङ्ख्या करीब हजार रहेको सर्वेक्षणले देखाएको छ । ठूला दाबी गर्नेहरूमा अपार्टमेण्ट, शपिङ मल, जलविद्युत्लगायत कम्पनी रहेका छन् । ठूला कम्पनीमा दाबीमा केही जटिलता भएकाले केही समयपछि मात्र रकम फर्छ्योट हुने उपनिर्देशक तिमल्सिनाले बताए । सो अवधिमा एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले परेका दाबीको शतप्रतिशत भुक्तानी गरेका छन् । करीब ९९ प्रतिशतभन्दा बढी सङ्ख्याको दाबी भुक्तानी गर्नेमा प्रभु, प्रुडेन्सियल, शिखर र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् । यसबाहेकका कम्पनीले भने ९४ प्रतिशतभन्दा बढीको दाबी भुक्तानी गरिसकेका छन् । हिमालयन जनरल इन्स्योरेन्समा रू. ४ अर्ब ८९ करोड ५८ लाखबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ३ अर्ब ८५ करोड ८४ लाखको दाबी फछ्र्यौट भइसकेको तथ्याङ्क छ । सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीमा २ सय १६ ओटाअन्तर्गत रू. ११ करोड ४४ लाखको दाबी परेको थियो । एनबी इन्स्योरेन्स कम्पनी भने भूकम्पपछि मात्र सञ्चालनमा आएकाले उसले दाबी वहन गर्नु परेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)