ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

Jan 18, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

वैज्ञानिकहरूले नक्कली मदिरा पत्ता लगाउने एक पोर्टेबल उपकरणको विकास गरेका छन् । अमेरिकास्थित युनिभर्सिटी अफ इलिनोयका वैज्ञानिकहरूले यस्तो उपकरणको विकास गरेका हुन् । सो उपकरणमा त्यस्तो सेन्सरको विकास गरिएको छ जसले मदिरामा पानी मिसाइएको छ कि छैन वा त्यो नक्कली हो कि होइन भन्ने पत्ता लगाउन सक्छ । यस्तो नक्कली मदिराले खराब र आपराधिक नियत भएका व्यक्तिहरूलाई फाइदा पुग्छ । तर, यस्ता किसिमका नक्कली मदिराका कारण उपभोक्ताहरू ठगिन्छन् । अनि यसमा मिसाइएको विषाक्त तत्त्वले उनीहरूको स्वास्थ्यमा समेत असर पुर्यातउँछ । विगत केही वर्षयता इण्डोनेशिया, मेक्सिको, चीन, पोल्याण्ड र रूसलगायत राष्ट्रमा नक्कली र मिसावटयुक्त विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या ठूलै रहेको पाइएको छ । नाफा कमाउने उद्देश्य बोकेका बेइमान व्यक्तिहरूले नक्कली मदिरालाई आधिकारिक जस्तो देखिने प्याकेजिङ गरेर उपभोक्ता ठग्नुका साथै उनीहरूको स्वास्थ्यमा समेत ठूलो खेलवाड गरिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । युनिभर्सिटी अफ इलिनोयका केनेथ एस सुस्लिक र जेङ लिले नक्कली उत्पादन सजिलै पत्ता लगाउने उपकरणको माध्यमबाट स्वास्थ्यप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्ने चाहना व्यक्त गरेका हुन् । अनुसन्धानकर्ताहरूले त्यस्तो डिस्पोजेबल सेन्सरको विकास गरेका छन् जसमा ३६ ओटा डाइ छन् र मदिरामा भएको तत्त्वसँग सम्पर्कमा आउँदा यसको रङ परिवर्तन हुन्छ । रङमा आएको परिवर्तनबाट मदिरा कुन ब्राण्डको हो र यसमा अन्य तत्त्व मिसाइएको छ कि छैन भन्ने थाहा पाउन सकिने बताइएको छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)