ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्कानले दिन्छ व्यावसायिक जीवनमा फाइदा

Oct 31, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आफ्नो व्यावसायिक जीवनमा सफलताको सिँढी उक्लिन चाहनुहुन्छ भने कुराकानी गर्दा मुस्कुराउने बानी बसाल्नुहोस् । हो, मानिसहरुको व्यावसायिक जीवनमा फाइदा गर्ने धेरैओटा तङ्खवहरुमध्ये मुस्कान पनि एक रहेको हालै गरिएको एक अध्ययनमा देखिएको छ । अमेरिकाको न्यू ओर्लिन्स राज्यस्थित ‘सोसाइटी फर न्यूरोसाइन्स’का अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार मानिसहरुको अनुहारको अभिव्यक्तिले उनीहरुको स्तर, हैसियत र शक्तिलाई प्रदर्शित गर्ने गर्छ ।

अनुसन्धानकर्ताहरुले कुनै विषयमा छलफल गरिरहँदा पनि थोरै मुस्कुराउने मानिसहरुले अरुमाथि आफ्नो प्रभाव छाड्ने गरेका पाइएको बताएका छन् । मुस्काराउने मानिसहरुको अनुहारमा देखिने विभिन्न प्रकारका अभिव्यक्तिले अरुहरुमाथि फरक–फरक ढङ्गले प्रभाव पार्ने उनीहरुको भनाइ छ ।

अनुसन्धानकर्ताहरुले छलफल वा कुराकानीका क्रममा मुस्कुराउँदा अन्य मानिसहरुमाथि प्रभावलाई ‘बोस इफेक्ट’ नाम दिएका छन् । तर, यो राष्ट्रिय संस्कृतिअनुसार भने फरक हुन सक्ने उनीहरुको कथन छ । उदाहरणका लागि चिनियाँ कर्मचारीहरु आफूभन्दा माथिका अधिकृतहरुसँग कुरा गर्दा बढी संयमित हुने र कम मुस्कुराउने गर्छन् । यसले गर्दा कर्मचारीहरुले आफ्ना हाकिमहरुलाई प्रभावित गर्न सक्ने सम्भावना कम हुने अनुसन्धानकर्ताहरुको कथन छ । तर, अमेरिकी कम्पनीहरुमा कार्यरत कर्मचारीहरु भने आफ्ना चिनियाँ समकक्षीहरुको तुलनामा बढी उदार हुने र आफूभन्दा माथिका अधिकारीहरुसँग बढी नै घुलमिल हुन सक्ने पाइएको उनीहरुले बताए । ‘कार्यालयमा छलफल वा कुराकानीका क्रममा मुस्कुराउँदै कुराकानी गर्ने कर्मचारीहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास बढेको अनुभव गरेको हामीले पायौं,’ अनुसन्धानकर्ता टोलीका एक सदस्य इवान कार्रले भने । उता खासै प्रभाव देखाउन नसक्नेहरुले भने अरुहरु मुस्कुराएको देखेपछि त्यसको नक्कल मात्रै गर्ने गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)