टेलिभिजनमा दैनिक ३ घण्टाभन्दा बढी विज्ञापन हेर्ने युवाले जङ्क फूड खाने सम्भावना बढी रहेको एक अध्ययनले देखाएको छ । नियमित टेलिभिजन हेर्नुभन्दा नेटफिक्सजस्तो वेबसाइटबाट शो हेर्नु बढी स्वास्थ्यवद्र्धक हुने वैज्ञानिकहरू बताउँछन् । टेलिभिजनमा उच्च क्यालोरी भएका खानेकुराको बढाइचढाइ गरेर दिइने विज्ञापनले युवाहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने बेलायतको क्यान्सर रिसर्च यूकेले तयार पारेको प्रतिवेदनले देखाएको छ । यस्ता विज्ञापन हेरेर युवाहरू जङ्क फूडप्रति बढी आकर्षित हुने र १ वर्षमा उनीहरूले टिभी कम हेर्ने युवाको तुलनामा ५ सय अतिरिक्त क्रिस्प, बिस्कुट र फिजी पेय पदार्थको सेवन गर्न सक्ने अध्ययनमा पाइएको छ ।
धेरै टिभी हेर्ने र त्यसमा पनि बढी विज्ञापन हेर्नेहरूले चिनीको मात्रा बढी भएका इनर्जी र अन्य पेय पदार्थ तथा चिप्सजस्ता खानेकुराको सेवन बढी गर्ने गरेका छन् । ३ हजार ३ सय ४८ जना ११ देखि ९ वर्ष उमेर समूहका युवामाझ उनीहरूको टिभी हेर्ने बानी र डाइटको विषयमा प्रश्न गरेर यो अध्ययन तयार पारिएको हो । विज्ञापन नहर्ने तर टिभी हेर्ने युवाको टिभी हेर्ने समय र जङ्क फूडप्रतिको लगावबीच कुनै पनि सम्बन्ध नरहेको पाइयो ।
विज्ञापनले युवाहरूलाई स्वास्थ्यमा हानि पुर्याफउने खानेकुराप्रति आकर्षित गरिरहेको यस अध्ययनले सुझाएको छ । टिभीमा विज्ञापन हेर्ने सबै युवाले जङ्क फूड बढी खान्छन् भन्ने अनुसन्धानकर्ताहरूले दाबी गरेका त छैनन्, तर विज्ञापन र खाने बानीबीच बलियो सम्बन्ध रहेको भने अध्ययनले देखाएको छ । रासस/पीटीआई