ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश सांसदका लागि सपथको तयारी पूरा

Jan 20, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
माघ ६, वीरेन्द्रनगर । ६ नम्बर प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रमा स्थापना भएको छ । प्रदेश सरकारका लागि आवश्यक भौतिक संरचना व्यवस्थापन गर्न जिम्मेवारी पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश प्रमुखको कार्यालय स्थापना गरेको हो । शुक्रवार साँझ सपथ खाएका प्रदेश प्रमुखले आईतवार विहान १० बजे पदभार ग्रहण गर्ने कार्यतालिका छ । प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई स्वागत र पदभार ग्रहण गराउन तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अधिकृत केशवप्रसाद उपाध्यायले जानकारी दिए । यसैवीच, प्रदेश प्रमुख खनालले आइतवार पदभार ग्रहण गरेपछि प्रदेशसभा सदस्यहरुको सपथ खुवाउने कार्यक्रम तय भएको छ । ६ नम्बर प्रदेशको अस्थायी मुकाम रहेको सुर्खेतमा प्रदेशसभा निर्वाचनबाट विजयी सांसदहरुको सपथका लागि सवै तयारी पूरा भएको उपाध्यायले बताए । उनकाअनुसार आइतवार विहान ११ बजे जिल्ला समन्वय समितिको हलमा प्रदेश सांसदहरुलाई सपथ खुवाइनेछ । सपथ ग्रहणका लागि प्रदेश सांसदहरु सुर्खेत आउनेक्रम जारी रहेको बताइएको छ । ६ नम्बर प्रदेशका १० जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना प्रदेश सांसद छन् ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)