ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानी शहरको नाम विक्रीमा

Nov 3, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै ठाउँ किनेर त्यसलाई आफ्नो नाममा पुनर्नामाङ्कन गर्ने इच्छा राख्नेहरुलाई यो एक निकै राम्रो प्रस्ताव हुन सक्छ । जापानको एक ऋणग्रस्त शहरले आफूलाई लीलामीमा राख्दै खरीदकर्ताको नाममा पुनर्नामाङ्कन गर्ने घोषणा गरेको छ । जापानको ओसाका प्रान्तस्थित १ लाख ३ हजार जनसङ्ख्या भएको पश्चिमी शहर इजुमिसानोले लीलामीमा सबैभन्दा बढी बोली लगाउँदै किन्नेको नाममा शहरको नाम राखिने बताएको हो । शहरले लिएको ऋण १ खर्ब येन (१ अर्ब २५ करोड डलर) नाघेपछि यस्तो निर्णय गर्न बाध्य भएको त्यहाँका अधिकारीहरु बताउँछन् ।

इजुमिसानोभन्दा टाढा रहेको कान्साई अन्तरराष्ट्रिय विमानस्थलले गर्दा शहरको ऋण धान्नै नसक्ने गरी बढेको दुखेसो एक अधिकारीले गरे । ‘तुलनात्मक रुपमा दुर्गम मानिने उक्त क्षेत्रमा विमानस्थल बनाइएपछि नगरपालिकाले शहरलाई त्यससँग जोड्न सडक र अन्य पूर्वाधार निर्माणका लागि धेरै खर्च गर्नुपरेको थियो,’ नाम नखुलाउने शर्तमा ती अधिकारीले भने । इजुमिसानोका मेयरले विमानस्थलबाट शहरले राम्रो आर्थिक लाभ हासिल गर्ने भन्दै अदुरदर्शी ढङ्गमा निर्णय गर्दा यस्तो अवस्था निम्तिएको उनको आरोप छ ।

जापानमा तौलिया उद्योग धेरै भएको क्षेत्रका रुपमा चिनिने उक्त शहरले अहिले कम्तीमा १ अर्ब येन खर्च गर्न सक्ने क्रेताको खोजी गरिरहेको छ । यसका लागि क्रेताहरुले नगरपालिकासँग १० वर्षको करार सम्झौता गर्नुपर्नेछ, जसमा उनीहरुका व्यापार÷व्यवसायलाई अन्यत्रबाट शहरमा ल्याउनुपर्ने शर्त राखिएको छ । तर, शहर लीलामीको यो कार्यक्रम जुनमै घोषणा गरिए पनि अहिलेसम्म कुनै पनि सम्भावित क्रेता अगाडि देखिएका छ्रैनन् । लीलामीमा सामेल हुन नोभेम्बर ३० तारिखसम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । यो घोषणाको इजुमिसानोका बासिन्दाहरुले भने आश्चर्यका साथ विरोध गरिरहेका छन् । नगरपालिका अधिकारीहरुका अनुसार शहरको नामसँग इतिहास पनि गाँसिएकाले यो किनबेच गर्न नसक्ने भन्दै उनीहरुले विरोध गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)